काठमाडौं- नेपाल विज्ञापन संघ (आन)को भगिनी संस्था एड क्लब अफ नेपालले कार्यालय परिसरभित्र विज्ञापन पुस्तकालय (एड लाइब्रेरी) स्थापना गरेको छ। बिहीबार आनका अध्यक्ष रवीन्द्र कुमामार रिजालले विज्ञापन पुस्तकालय उद्घाटन गरेका हुन्।
विज्ञापन तथा मार्केटिङ क्षेत्रमा लागेका करिएर बनाएकाहरूको संस्था एड क्लबले नेटवर्किङ, मनिटरिङ, प्रशिक्षणका माध्यमबाट सिर्जनशिलताको अभिवृद्धि गर्दै विज्ञापन तथा मार्केटिङसम्बन्धी ज्ञानको दायरा विस्तार गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बताएको छ।
पुस्तकालयको उद्घाटन गर्दै आन अध्यक्ष रिजालले विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित सिर्जनात्मक ज्ञानको पहुँचमा पेसाकर्मी, विद्यार्थी तथा जिज्ञासुहरू सम्बन्धित क्षेत्रमा ज्ञानको दायरा विस्तार गर्न पुस्तकालय सहयोगी हुने विश्वास व्यक्त गरे।
पुस्तकालयमा विज्ञापन, मार्केटिङ, अनुसन्धान, अर्थशास्त्र, व्यवसायिक नीति, व्यवसाय कानुन, आत्मकथा लेख, घटनाक्रम, रचनात्मक, कला, बुलेटिन र लेखसम्बन्धी पुस्तक रहेको क्लबले जनाएको छ।
एड क्लबका ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले आनको श्रोत, साधन, अनुभवलाई सबैको पहुँचमा पुर्याई विज्ञापन ब्रान्डिङ मार्केटिङमा गुणस्तर तथा सुधार गर्न आवश्यक भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।