काठमाडौं- सर्वोच्च अदालत बार एसोसियनसको निर्वाचनमा वरिष्ठ अधिवक्ताहरुका बीच निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ। पुस ४ गते हुने निर्वाचनमा लागि प्रगतिशील र लोकतान्त्रिक कानुन व्यवसायीहरुले आ-आफ्नो प्यानल घोषणा गरेसगै दुई वरिष्ठ अधिवक्ताहरु आमुन्नेसामुन्ने हुन लागेका हुन्।
डेमोक्र्याटिक लयर्स एसोसियसन ‘डिएलए’ले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र प्रगतिशील समूहले, पेसागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहले वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वमा प्यानल घोषणा गरेको छ। संवैधानिक कानुनका ज्ञाता दुवै वरिष्ठ अधिवक्ताहरु नेपाली कांग्रेस र नेकपाको प्यानलबाट निर्वाचनमा होमिएका हुन्।
सर्वोच्च बारमा १५ सदस्यीय समिति निर्वाचित हुनेछ। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको आगामी निर्वाचनका लागि पनि सर्वाेच्च बार निकै महत्वपूर्ण मानिन्छ। उपत्यका बारमा पकड जमाउने पक्षले बारको केन्द्रीय निर्वाचन सहज रुपमा जित्दै आएको छ। नेकपाको प्यानलमा राप्रपासहित अन्य पक्षका कानुन व्यवसायहिरुको समर्थन रहेको छ।
डिएलएको यस्तो छ टिम
वरिष्ठ अधिवक्ता शाक्य अध्यक्ष रहेको डिएलएलको उपाध्यक्षमा अधिवक्ता नमराज रिजाल छन्। त्यस्तै, सचिव ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा बिनोद कुमार कार्की, महिला सदस्य अमिता गौतम पौडेल छन्। सदस्यहरुमा अधिवक्ताहरु विजयकुमार प्रधान, ओमकृष्ण श्रेष्ठ, ज्योतिदेव पनेरू, विकाश शर्मा भट्टराई, राजेन्द्रप्रसाद साह, खडानन्द कंडेल, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी उमेदवार छन्।
प्रगतिशील समूहको प्यानल
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहले वरिष्ठ अधिवक्ता खनाल रहेको १५ सदस्यीय प्यानल घोषणा गरेको छ। जसमा उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिव अन्जिता खनाल, कोषाध्यक्ष श्यामकुमार खत्री, सहसचिव शोभा कार्की र महिला सदस्यमा देवी रेग्मी उम्मेदवार छन्।
सदस्यमा अधिवक्ताहरु कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविलाल घिमिरे, लेखनाथ भट्टराई र दिलकुमारी राई छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।