काठमाडौं- विश्व फुटबल वरियतामा नेपाल १ सय ७१ औँ स्थानमा यथावत रहेको छ। गएको महिना १ सय ७०औँ स्थानबाट एक स्थान तल झरेको नेपालको वरियता यो महिना यथावत रहेको हो। दक्षिण एसियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको छ।
यसअघि गएको वर्ष असोजमा नेपाल फिफा वरियतामा १ सय ६१औँ स्थानसम्म पुगेको थियो। त्यसपछि गएको वर्ष नै कात्तिकमा एकैपटक १ सय ६७औँ स्थानमा पुगेको नेपाल मंसिरमा १ सय ७०औँ स्थानमा थियो। त्यसयता परिवर्तन नभएको वरियतामा गएको महिना नेपाल एक स्थान तल झरेको थियो।
दक्षिण एसियाको शीर्षमा रहेको भारत १ सय ४ औँ स्थानमा पुगेको छ। दोस्रो स्थानको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ। नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ। नेपालपछि बंगलादेश १ सय ८६औँ स्थानमा छ। भुटान १ सय ८९ औँ स्थानमा, पाकिस्तान २ सयौँ र श्रीलंका २ सय ६ औँ स्थानमा छन्।
यी हुन् विश्व वरियतामा शीर्ष १५ देश-
बेल्जियम, फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, पोर्चुगल, स्पेन, अर्जेन्टिना, उरुग्वे, मेक्सिको, इटाली, क्रोयसिया, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, कोलम्बिया।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।