काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिँदै आएको ‘दयाराम स्मृति मानव अधिकार सम्मान’ यस वर्ष मानवअधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र ‘मानवअधिकार पुरस्कार’ पत्रकार तथा मानवअधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने भएको छ। आयोगले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो।
सम्मानित हुने डा. रेणु अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छन्।
पुरस्कृत हुने अर्का व्यक्ति झलक गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य/प्रदेश संयोजक हुन्। गैरेले पत्रकारिताको माध्यमबाट मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले सम्मान गर्न लागिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।