काठमाडौं–राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
विभिन्न हिन्दुवादी संगठनहरुले प्रदर्शन गरेका हुन्। राजधानीको माइतीघर मण्डलादेखि वानेश्वरसम्म उनीहरुले विरोध प्रदर्शन गरेका थिए।
पछिल्लो समय देशभर यस्तो आन्दोलन चलिरहेको छ । २०६२/०६३को आन्दोलनपछि समाप्त भएको राजसंस्थाको पक्षमा अहिले प्रदर्शन भइरहेको हो। राजासहितको संविधान माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका नयाँ समूहहरु पनि सडकमा देखिन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।