स्व. कमानसिंह लामा
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी केन्दीय सदस्य कमानसिंह लामाको निधनले संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न अभाव महसुस हुने बताएका छन्।
लामाको निधनमा एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति भएको बताएका छन्। दक्षिण कोरियाका पूर्व राजदूतसमेत रहेका लामा २०४८ सालमा सांसद निर्वाचित भएका थिए। उनी २०६३ सालको अन्तरिम विधायकको रुपमा समेत थिए।
कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा लाग्ने नेताको रुपमा लिईन्छ। उनको जन्म २००८ साल फागुन ९ गते काभ्रेमा भएको हो। उनका एक छोरा र चार छोरी छन्। कोरोना संक्रमित लामाको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।