काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ को विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पिएसजीले इस्तानबुल बासाकेशिरलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।
पिएसजी र स्तानबुलबीच मंगलबार राति खेल चलिरहेको अवस्थामा रेफ्रिबाटै रंगभेदी शब्दको प्रयोगले खेल रोकिएको थियो। तनाब सिर्जना खेल बुधबार राति खेलाउँदा पिएसजीले स्तानबुलमाथि फराकिलो जित निकालेको हो। पिएसजीको जितमा नेयमारले ह्याट्रिक गोल गरे भने केलियन एमबाप्पेले दुई गोल थपे।
खेलको २१ औं र ३८ औं मिनेटमा गोल गर्दै नेयमारले पिएसजीलाई २–० गोलको अग्रता दिलाएका थिए। ४२ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३–० गोलको अग्रता बनाएको थियो। नेयमारले ५० औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्दै पिएसजीलाई ४–० गोलको अग्रता दिलाए। ५७ औं मिनेटमा मेहमेट टोपालले गोल गर्दै स्तानबुललाई ४–१ गोलको स्थितिमा ल्याए। तर खेलको ६२ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले स्तानबुललाई ५–१ गोलले हराएको हो।
जितसँगै समूह ‘सी’ को विजेता बनेको पिएसजीको ६ खेलबाट १२ अंक छ। मंगलबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै लाइपजिग पनि नकआउट चरणमा पुगिसकेको छ। लाइपजिगको ६ खेलबाट १२ अंक नै छ। म्यानचेस्टर युनाइटेडको ६ खेलबाट ९ अंक हुँदा पराजित स्तानबुलको तीन अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।