काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ। उनको निधन बुधबार राति ११ बजे निधन भएको वाग्मती प्रदेश सासद रत्न ढकालले जानकारी दिए।
कोरोना संक्रमण देखिएपछि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। साधारण भिसाले कोरिया जान नपाउने भएपछि उनले उपचारका लागि कोरिया जान विशेष राहदानीका लागि परराष्ट्रमा आवेदन दिएका थिए। उनी मिर्गौला रोगपीडित थिए। केही वर्षअघि उनको मिर्गौलाको क्यान्सरको उपचार भएको थियो।
लामा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए। तत्कालीन माओवादीले निर्वाचन उपयोग गर्ने नीति अनुरुप लामाले काभ्रेबाट चुनाव जितेका थिए।
उनी सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका राजदूत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।