काठमाडौं- रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन्। अर्घाखाँची तिलगंगा वडा नम्बर १ तल्लोटोल निवासी रेनुका सारु र भारत पश्चिम बंगाल कलकत्ता बर्दमानका शेख सम्सुर आलोनलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले सामाजिक सञ्जालमार्फत् चिनजान गरी क्यानडा रोजगारीमा पठाउने विश्वास दिलाई एक व्यक्तिसँग १४ लाख ठगी गरेका थिए। भिसा लागेको भन्दै नक्कली टिकटसमेत देखाई फरार रहेका थिए। महाशाखामा पीडितले दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको महाशाखाले जनाएको छ। उनीहरुले क्यानडा रोजगारीको प्रलोभन देखाएर अन्य ३ जना व्यक्तिहरुबाट प्रतिव्यक्ति १२ लाखको दरले रकम उठाएको सूचना प्राप्त भएकाले पीडितहरुलाई महाशाखामा उपस्थित हुनका लागि समेत आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।