भक्तपुर– मध्यपुर ठिमी नगरपालिका–६ पाटीविहारबाट विभिन्न कागजात र नगदसहित मध्यपुर ठिमी नगरपालिका–७ बस्ने सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका–१२ घर भएका २८ वर्षीय आषिश गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नगरपालिका चोकबाट नयाँठिमीतर्फ जाँदै गरेको बा १५ च ४६८४ नम्बरको कारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गिरीको साथबाट विभिन्न कागजात फेला पारी उनलाई पक्राउ गरेको हो।
उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी ४ थान, २ थान सवारी चालक अनुमतिपत्र, सवारी चालक अनुमतिपत्रको कर तिरेको १ थान रसिद, सवारी चालक विवरणको ५ थान कागज, बा १५ च ४६८४ नम्बरको गाडीको बिलबुक, विभिन्न बैंकको २५ लाख रुपैयाँ बराबरको ४ थान चेक, ३ थान मोबाइल र नगद ४१ हजार ५ सय रुपैयाँ बरामद भएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।