काठमाडौं- सरकारले स्थानीय तहअन्तर्गत रहेका बागमती प्रदेशका पाँच अस्पताललाई प्रदेशअन्तर्गत राख्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले मंसिर १८ गतेको उक्त जानकारी दिए।
दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही, चितवनको बकुलर रत्ननगर अस्पताल तथा काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बागमती प्रदेश सरकारले पाएको छ। यो बागमती प्रदेशको १३ वटै जिल्लामा अस्पताल रहने भएको छ।
यसअघि आठ वटा जिल्लामा मात्र प्रदेश अस्पताल रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।