काठमाडौं- तोकिएका निकायले काम नगर्दा दोष भने महानगरले खेप्नु परेको काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताएका छन्। बुधबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन्।
'खानेपानी, ढल, सडक, बिजुली, इन्टरनेटको तारलागयतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्वसमेत उठाउने निकाय अलग-अलग छन्। यी सबैले समन्वय गरेर काम गर्दैनन्,’ मेयर शाक्यले भने।
महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृत्तिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यको दुखेसो छ।
काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए।
रानीपोखरीको बिचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।