काठमाडौं- नेपाल मानव अधिकार संगठनले मोरङमा नेकपा (विप्लव) का कार्यकर्ताद्वारा भएको प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको भर्त्सना गरेको छ।
संगठनले विज्ञप्ति जारी गर्दै घटनाको अविलम्ब छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याई कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ। विद्रोही समूहका राजनीतिक एवं जायज माग शान्तिपूर्ण, लोकतान्त्रिक एवं सम्वादकै माध्यमबाट सम्बोधन हुने मार्गप्रशस्त रहेका बेला कुनै पनि बहानामा कुनै पनि प्रकारको हिंसाको औचित्य नभएको संगठनको ठहर छ।
मोरङको मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते विप्लवका कार्यकर्ताले अपहरण गरी १ किलोमिटर टाढा जंगलमा लगेर हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।