काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत तीन प्रहरी र अन्य एक जनालाई घुस लिएको अवस्थामा पक्राउ गरी सार्वजनिक गरेको छ। विभिन्न बहानामा दशैं खर्चका लागि भन्दै रकम असुल गरेको अवस्थामा अख्तियारले प्रहरीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा महानगरीय प्रहरी वृत बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट, प्रहरी हवल्दार मनोज यादव, प्रहरी जवान पुष्कर शाह र आफूलाई प्रहरी बताउने विनोद थापालाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
विभिन्न बहानामा दशैं खर्चका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आइतबार पाँच लाख रुपैयाँ घुस लिएको अवस्थामा प्रसनि चन्द्रसिंह भाटकै कार्यकक्षबाट नियन्त्रणमा लिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।