काठमाडौं- सरकारी वेबसाइट ह्याक गरी गलत सूचना दिने प्रवाह गर्ने तीन जना पक्राउ परेका छन्। सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाएको आरोपमा उनीहरूलाई गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-९ का २५ वर्षीय विवेक महर्जन, कास्की जिल्ला पोखरा महानगरपालिकाका १७ वर्षीय एक जना र सोही स्थानका १५ वर्षीय एक जना छन्।
उनीहरूले सरकारी बेवसाइट ह्याक गरी ९ हजार ४ सयभन्दा बढीलाई गलत सूचना प्रवाह गरेको पाइएकाले अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको प्रहरी प्रवक्ता नवीन्द अर्यालले जानकारी दिए।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।