सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग कार्यालयबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा आइतबार २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वारा नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका–३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन्।
बर्दिया ठाकुरद्वारा नगरपालिका–३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका–२ बस्ने धनबहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिएका थिए।
परीक्षा दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।