काठमाडौं– महानगरीय प्रहरी प्रभाग कोटेश्वरले एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
गए राति काठमाडौं–३२ मुनिभैरबमा रहेको सो बैंकको एटिएम फुटाउँदै गरेका सिन्धुपाल्चोकका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।