काठमाडौं– चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो।
घरेलु टिम चेल्सीको जितमा ओलिभर जिराउड, कर्ट जोउमा, र क्रिस्टियन पुलिसिकले गोल गरे। पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो। खेलको चौथो मिनेटमा नै लिड्सका प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्स युनाइटेडलाई १–० गोलको अग्रता दिलाए। खेलको २७ औं मिनेटमा ओलिभर जिराउडले गोल गरेपछि चेल्सीले १–१ गोलको बराबरी बनाएको थियो।
खेलको ६१ औं मिनेटमा कर्ट जोउमाले गोल गरेपछि चेल्सीले २–० गोलको अग्रता लियो। खेलको अतिरिक्त समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई ३–१ गोलको जित दिलाए। अर्को खेलमा बर्नेली र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन्।
लिड्सलाई पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो। चेल्सीको ११ खेलबाट २२ अंक छ। पराजित लिड्सको ११ खेलबाट १४ अंक छ। लिगको दोस्रो स्थानमा रहेको टोटेनहमको १० खेलबाट २१ अंक हुँदा तेस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलको १० खेलबाट २१ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।