काठमाडौं– बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा काडिजसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा काडिजसँग बार्सिलोना २–१ गोलअन्तरले पराजित भएको हो।
बार्सिलाना काडिजसँग सन् १९९१ पछि पहिलो पटक पराजित भएको हो। काडिजको जितमा अल्भारो जिमेनेज र अल्भारो नेग्रेडोले गोल गरे। काडिजका पेड्रो एल्कालाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले एक गोल उपाहार पाएको थियो। खेलको आठौं मिनेटमा नै जिमिनेजले गोल गर्दै काडिजलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको कार्डिजका पेड्रोले ५७ औं मिनेटमा आत्मघाती गोल गर्दै बार्सिलोनाले १–१ गोलको बराबरी बनाएको थियो। तर खेलको ६३ औं मिनेटमा अल्भारो नेग्रेडोले गोल गरेपछि काडिजलाई २–१ गोलको अग्रता दिलाए।
काडिजविरुद्ध बार्सिलोनाले खराब प्रदर्शन गर्याे। खेलअवधि बल पोजिसन आफ्नो पकडमा पारे पनि बार्सिलोनाले गोल गर्न नसक्दा हार ब्यहोरेको हो। बल पोजिसन बार्सिलोनाको ८३ प्रतिशत हुँदा काडिजको मात्र १७ प्रतिशत थियो।
बार्सिलोनालाई पराजित गर्दै काडिज १२ खेलबाट १८ अंक बनाएर लिगको पाँचौ स्थानमा उक्लिएको छ। पराजित बार्सिलोनाको भने १० खेलबाट १४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।