काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य नैनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्। पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौँमा ९५ वर्षको उमेरमा निधन भएको हो।
सभापति देउवाले शोक वक्तव्यमार्फत स्वाँरको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।
स्व स्वाँरका ४ छोरी र २ छोरा छन्। हर्कजङ्गबहादुर र कौशिल्यादेवीका छोरा स्वाँरले गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए।
स्वाँर २०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वको सरकार र २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकार हुँदा गृहमन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।