काठमाडौं- संरक्षित तथा दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित ३ जना पक्राउ परेका छन्। अवैध रूपमा रेड पान्डाको छाला ओसारपसार तथा विक्रिवितरण गरेको सूचनाका आधारमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
बिहीबार अन्दाजी साढे १ बजे उनीहरू तीनै जनालाई गोकर्णेश्वर नगरपालिका-५ नारायणटारस्थित जुम क्याफेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा खोटाङ जिल्ला खोटेहाङ नगरपालिका १ का ३० वर्षीय मनोज मगर, सोही स्थानका ३० वर्षीय रवन बस्नेत र उदयुपर रौतामाइ १ का केशरबहादुर मगर छन्। उनीहरूका साथबाट प्रहरीले रेडपान्डाको छाला पक्राउ गरेको छ।
उनीहरू तीनै जनालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।