काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी भेला सुरु भएको छ। थापाथली इन्जिनियरिङ क्याम्पसमा सुरु भएको भेलालाई प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गर्दैछन्।
प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरुलाई भेटेपछि विद्यार्थी संगठनका नेताहरुले आफ्नो पक्षको भेला गर्न लागेका हुन्। भेलालाई स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने,रामकुमारी झाँक्री, ठाकुर गैरेलगायतले सम्बोधन गर्ने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए।
अर्का अध्यक्ष केपी ओली पक्षका विद्यार्थी संगठनले देशैभर भेला गर्न थालेकाले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले भेला आयोजना गरेका हुन्। ‘पार्टीमा समस्या छन्, ती विषयमा विद्यार्थी नेताहरुलाई भन्नुपर्ने भयो’ तामाङले भने, ‘कसले पार्टीमा विधि पद्धती उल्लंघन गर्योभ? कसले पार्टीमा समस्या निम्त्यायो? पार्टी कसले विभाजन गर्न खोज्यो त्यो सबै स्पष्ट पार्न बैठकमा भन्नुपर्ने भयो।’ पार्टीभित्र देखिएका समस्या सबै विद्यार्थीलाई भेटेर स्पष्ट पारिने तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।