• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार कोरोनाबाट सुरक्षित छैन : प्रधानमन्त्री

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १९, २०७७  १२:०२
1140x725

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताएका छन्। कोभिड–१९  महामारी सम्बोधनार्थ संयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं विशेष अधिवेशलनाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले खोपसम्बन्धी सुखद समाचारबाट प्रोत्साहित भए पनि सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखा परेको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभ्याक्स गरेको पहलकदमीको सराहना गरे। 

उनले सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन रक्षक खोप अत्याधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्ने आफूहरुको दृढ विश्वास रहेको बताए। उनले भने, ‘खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपालमा आवश्यक परेकालाई निःशुल्क परीक्षण एवं उपचार सेवा गरिएको र संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तिय स्रोत एवं चिकित्सकीय उपकरण सुनिश्चित गरिएको बताए। ‘शून्यप्रायः अवस्थाबाट सुरु गरेर हामीले मुलुकभर ६८ वटा पिसीआर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं। ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ। सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधासहितका अस्पताल निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं,’ उनले भने। 

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ

३ डिसेम्बर २०२०, न्यूयाेर्क, अमेरिका
विशेष अधिवेशनका अध्यक्ष महोदय,
संयुक्त राष्ट्र संघका महासचिवज्यू,
महामहिमज्यूहरु तथा
विशिष्ट महानुभावहरु !
कोभिड–१९ महामारी सम्बन्धी विशेष महाअधिवेशन आयोजना गर्नु भएकोमा अध्यक्षज्यूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।  
अभूतपूर्व गति र व्यापकताका साथ फैलिरहेको महामारीले जो कसैलाई जुनसुकै स्थानमा रहे पनि प्रभावित तुल्याएको छ। १३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र प्राय सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको छ। 

विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन। यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यता विरुद्ध जागरुक हुन बजेको घण्टी हो।  
 

हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौं। हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन। हामी सबैजना खतरामा छौं।
महामारीले हामीलार्इ एउटा अमूल्य शिक्षा प्रदान गरेको छ।यो संसार एउटा सानो जहाज हो र  हामी सबैजना यसका यात्री। हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं।

nimb
nimb
Ncell 2
Ncell 2

अध्यक्ष महोदय,
अन्य मुलुकहरु जस्तै नेपाल पनि यो स्तरको संकटको लागि तयार थिएन।
तथापि, भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनैतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरुको परिचालन गरेका छौं।
हामी मुख्यत तीनवटा उद्देश्यहरुबाट मार्गनिर्देशित भएका छौं: स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण; जनताको जीवनको रक्षा; एवम् दिगो तथा उत्थानशील पुर्नस्थापना।

आवश्यक परेकालाई निशुल्क परीक्षण एवम् उपचार सेवाहरु प्रदान गरिएको छ। संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत एवम् चिकित्सकीय उपकरणहरु सुनिश्चित गरिएको छ।

शुन्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं। ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ। सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं।
 हामीले कोभिड–१९ सम्बन्धी कूल ४८ वटा संहिता तथा निर्देशिकाहरु तयार गरेका छौं। 

स्वास्थ्य मापदण्ड, सुरक्षा र निर्मलीकरण सम्बन्धमा सामाजिक संघसंस्था, व्यक्तिविशेष, आमसंचार जगत तथा सामाजिक सञ्जाल मार्फत भएका जनचेतना अभिबृद्धिका कार्यक्रम एवम् स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक सूचना संप्रेषण विशेषतः उपयोगी रहेका छन्।

अध्यक्ष महोदय,
संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्दछ। 

चुनौतीहरुको सामना गर्दै गर्दा हामीलाई विद्यमान संकट निवारण गर्नका लागि एउटा दरिलो विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको छ।

 सर्वप्रथम र प्रमूखरुपमा, हामीले बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्दछ।

हामीलाई गरीबी, भोकमरी तथा बढ्दो असमानता लगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता हाम्रा समयका गम्भीर चुनौतिहरु सामना गर्नसक्ने पुर्नसवलीकृत बहुपक्षीयताको आवश्यकता छ।  

यसका लागि हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनौट गर्नुपर्दछ, एकल कार्य होइन। 

दोस्रो, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु हुँदैन। विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो रहेको छ। 

तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ। धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभ्याक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं।

खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन।

सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ। खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ। 

अन्त्यमा, उचित पुर्नस्थापना र असल पुर्ननिर्माणका योजना बनाउदै गर्दा हाम्रा प्रयासहरु एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूल हुनुपर्दछ। हामीले स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली; पूर्वाधार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्दछ।

यस सन्दर्भमा भएका राष्ट्रिय प्रयत्नहरु अन्तरराष्ट्रिय सहयोगका परिपूरकका रुपमा रहनुपर्दछ।

वर्तमान संकटले जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग गर्दछ। मानव सभ्यताले सधै विनाशकारी चुनौतिहरु सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको छ। 

हामी लडखडाउनु हुँदैन। एउटै समुदाय, एउटै सभ्यता र एउटै विश्वका रुपमा हामीले तुरुन्तै कार्य गर्नुपर्दछ। कसैलाई पनि पछि नछोडीकन हामी पहिलेभन्दा उत्तम परिस्थितिमा फर्कनुपर्छ। 

धन्यवाद।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस्
सम्बन्धित सामग्री
पहिरोले मेची राजमार्गको राज दुवाली खण्ड अवरुद्ध इलाम नगरपालिका-९ स्थित माई खोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । आइतबार, असार १४, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका व... शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णत: सवारीसाधन आवागमन बन्द गरिने जनाएक... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत आइतबार, असार १४, २०८३
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार, असार १४, २०८३
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस आइतबार, असार १४, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्