• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

यो चुनावी परिणाम मधेस मुद्दाको अनुमोदन हो : उपेन्द्र यादव

64x64
नेपाल लाइभ मंगलबार, असोज १०, २०७४  १६:३१
1140x725

प्रदेश–२ को तेस्रो चरणको स्थानीय तहको चुनावी परिणाममा संघीय समाजवादी फोरम दोस्रो शक्ति बनेको छ। वीरगञ्ज महानगरको मेयरमा फोरमका उम्मेद्वारले अग्रता लिइरहेका छन् भने, २५ स्थानीय तह जितिसकेको छ।

मधेसका विविध मुद्दाको सम्बोधन संविधान संशोधन मार्फत नभएसम्म चुनावमा भाग नलिने भन्दै दुई चरणका निर्वाचनमा सहभागी भएन, मधेसकै अर्को शक्ति राष्ट्रिय जनता पार्टी (राजपा)। तर, मधेस आन्दोलनकै एक सहयात्री दल समाजवादी फोरमले भने अघिल्ला २ चरणकै निर्वाचनमा सहभागिता जनायो। तेस्रो चरणको निर्वाचनमा पनि अरु दलभन्दा पहिले नै होमियो। कारण थियो, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको दूरदर्शिता।

राजनीतिका यी चतुर खेलाडीले पहिल्यै बुझे कि, अहिलेको समीकरणबाट संविधान संशोधन सम्भव छैन, त्यसैले निर्वाचनमै होमिएर शक्ति बिस्तार गरी संघर्षको आधार तयार पार्नुपर्छ। प्रदेश–२ को चुनावी परिणामबाट हौसिएका छन्, उनी। पछिल्लो चुनावी परिणामलाई लिएर यादवसँग सरोजराज अधिकारीले गरेको संवादः 

प्रदेश–२ को चुनावी परिणामलाई कसरी लिनुभएको छ?

राम्रो भएको छ। अझै राम्रो गर्न सकिन्थ्यो। तर, सत्ताको दुरुपयोग र पैसाको ठूलो चलखेल भयो। त्यसले हामीलाई केही ठाउँमा असर पार्‍यो। नत्र हामी अझै बढी स्थानमा जित्न सक्थ्यौं।

यो चुनावी परिणामले दिएको सन्देश के हो?

चुनावी परिणामले मधेस मुद्दाको अनुमोदन गरेको छ। संविधान संशोधन गरी मधेसका माग र मुद्दाहरुको सम्बोधन गर्नुपर्छ भन्ने शक्तिहरुकै जित भएको छ। यो परिणामको सन्देशलाई संसदका ठूला राजनीतिक शक्तिले मनन् गर्न सक्नुपर्छ। मधेसको जनमत अनुरुप अघि बढ्नुपर्छ। 

संविधान संशोधनबिनै चुनावमा सहभागी भएर मधेस मुद्दाको अपमान गर्‍यो, मधेसको मुद्दा छाड्यो भन्ने आरोप तपाईंको दलमाथि थियो। हुन त परिणामले त्यो आरोप खण्डित गरेको छ, यसबारे तपाईंको प्रतिक्रिया के छ?

Ncell 2
Ncell 2
nimb
nimb

अहिले संसदको समीकरणबाट संविधान संशोधन हुने सम्भावना हामीले देखेनौं। सधैं संघर्षमै रहिरहँदा आर्थिक विकास र समृद्धिको कुरा ओझेलमा परेको देख्यौं। फेरि हामीसँग संविधान संशोधन गर्नसक्ने मत पनि थिएन। त्यसैले आर्थिक विकास, समृद्धिलाई केन्द्रमा राखेर चुनावमा होमिने निर्णय गर्‍यौं।

यसको मतलब हामीले मधेसका मुद्दा त्याग्यौं भन्ने होइन। जनमतको दबाव सिर्जना गरी संविधान संशोधन मार्फत मधेसका मुद्दा सम्बोधन गर्ने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। मधेस आन्दोलनको सूत्राधार नै हामी भएकाले त्यो मुद्दा छाड्ने सवाल नै हुँदैन। 

दुई चरणको स्थानीय तहको चुनावमा फराकिलो अग्रता बनाएको एमाले प्रदेश–२ को नतिजामा भने पाँचौं स्थानमा धकेलिएको छ। संविधान संशोधनको खिलाफमा रहेकाले खुम्चिएको हो?

एमाले ७० वर्ष बुढो पार्टी हो। उमेरसँगै एमालेको सोच पनि मक्किँदै गएको छ। कुनै स्पष्ट विचारधारा नै छैन। नाम कम्युनिस्ट छ, व्यवहार पुरै पुँजीवादी। सत्ता, कमिसन, ठेक्कापट्टामा रुची बढेको छ। त्यसैले उसको संगठन पनि क्षयीकरण हुँदै गएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्को कुरा, एमालेले मधेसको मिहिन मुद्दा बुझ्नै चाहेन। जनमतलाई बेवास्ता गर्‍यो। मधेसका मुद्दामा सकारात्मक भइदिएको भए यो स्थिति आउँदैनथ्यो। एमाले नेताहरुबाट आउने मधेसी जनताको अपमान गर्ने अभिव्यक्तिका कारण पनि जनता चिढिए।

त्यसो त मधेसलाई आफ्नो आधार क्षेत्र दाबी गर्ने कांग्रेसले पनि बलियो उपस्थिति देखाउन सकेन नि? 

हो, यसपटक त कांग्रेस निकै रक्षात्मक अवस्थामा पुगेको छ। खासमा मधेस भनेकै कांग्रेसको हो नि। सधैं कांग्रेसले फराकिलो अग्रतासहित धेरै स्थानमा जित्दै आएको हो। कांग्रेसको प्रमुख आधार क्षेत्र नै मधेस हो। हाम्रो त निकै पछि जन्मेको पार्टी हो। अहिलेको नतिजाले कांग्रेसलाई गम्भीर भएर सोच्न बाध्य पार्नेछ। आगामी दिनमा मधेसमा कांग्रेस अझै खस्किँदै जाने निश्चित छ। 

माओवादीले त स्थितिमा केही सुधार गरेजस्तो देखियो त?

यो क्षणिक हो। सत्ता र पैसाको खेलले ल्याएको परिणाम हो। सत्ता र पैसाको चरम दुरुपयोगबाटै यो परिणाम ल्याएको हो। नत्र भने माओवादीमा के छ? कुनै स्थिरता छैन। कहिले एमालेको बैशाखी टेकेको छ, कहिले कांग्रेसको। कहिले कमल थापाको बुई चढेको छ, कहिले कसको। सत्तामा टाँसिइरहने ध्येयमात्र छ उसको, त्यसैले निकै अस्थिर बनिरहेको छ।

वीरगञ्ज महानगरको मेयरमा तपाईंको पार्टीका उम्मेदवारले अग्रता लिइरहनुभएको छ। जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ?

हामी जित्छौं भनेर नै सुरुदेखि धाँधली गर्न थालियो। सिंगो सत्ता लाग्यो, स्थानीय प्रशासन लाग्यो। सरकारी स्रोतको दुरुपयोग गरेर मतदातालाई प्रभावित पार्ने काम भयो। मतदानपछि पनि मतगणनाका क्रममा विभिन्न लफडा झिकिरहेका छन्। अहिले पनि त्यो क्रम जारी छ। मतगणनामा जसै कांग्रेस पछाडि पर्‍यो, विभिन्न बखेडा सुरु भएको छ। वीरगञ्ज महानगरमा हामी ढुक्कले जितिरहेका छौं। 

प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्