काठमाडौं- नेसन्स लिग फुटबलको सेमिफाइनल `ड्र´ सार्वजनिक भएको छ। युइएफएले बिहीबार सेमिफाइनलको `ड्र´ सार्वजनिक गरेको हो।
`ड्र´ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन्। इटाली र स्पेनबीचको खेल सन् २०२१ को अक्टोबर ६ तारिखमा हुनेछ। इटाली नेसन्स लिगको समूह `ए´ को वानको विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको टिम हो भने स्पेन समूह `ए´ को फोर विजेता राष्ट्र हो।
त्यस्तै, दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्सले अक्टोबर ७ तारिखमा प्रतिस्पर्धा गर्ने छ। बेल्जियम समूह `ए´ को टु को विजेता बन्दै सेमिफाइनलमा पुगेको राष्ट्र हो। फ्रान्स समूह `ए´ को थ्रीको विजेता टिम हो।
सेमिफाइनल र फाइनलका खेलहरु आयोजना गर्ने जिम्मा इटालीले पाएको हो। फाइनल खेल अक्टोबर १० तारिखमा इटालीको मिलानमा हुनेछ। यही दिन नेसन्स लिगको तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।