काठमाडौं–इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। चेल्सीले स्पेनिस क्लब सेभियालाई ४–० गोलले पराजित गरेको हो।
सेभियाको मैदानमा चेल्सीको जितमा ओलिभर जिराउडले ह्याट्रिकसहित चार गोल गरे। उनकै उत्कृष्ट प्रदर्शनमा चेल्सीले सेभियामाथि फराकिलो जित निकालेको हो। पहिलो हाफमा एक गोल गरेका उनले दोस्रो हाफमा थप तीन गोल गर्दै चेल्सीलाई जिताए। खेलको आठौं मिनेटमा जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
खेलको ५४ औं मिनेटमा उनले कोभासिकको एसिस्टमा गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाए। ७४ औं मिनेटमा कान्टेको एसिस्टमा गोल गर्दै जिराउडले ह्याट्रिक पूरा गरे। ८३ औं मिनेटमा उनले पेनाल्टीबाट गोल गरेपछि चेल्सीले सेभियालाई ४–० गोलले पराजित गरेको हो।
चेल्सी र सेभिया दुबै क्लब आ–आफ्नो दुई खेलअघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेका टिम हुन्। पाँच खेलबाट १३ अंक बनाएको चेल्सी समूह ‘इ’ को शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको सेभियाको पाँच खेलबाट १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।