काठमाडौं–दुई खेलअघि नै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको स्पेनिस क्लब बार्सिलोनाले आफ्नो पाँचौं खेलमा पनि जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्सभारोसलाई ३–० गोलले पराजित गरेको हो।
फेरेन्सभारोसविरुद्ध जित निकाल्ने क्रममा बार्सिलोनाका एन्टोनी ग्रिजम्यान, मार्टिन ब्राथवेट र ओस्माने डेम्बेलेले गोल गरे। लियोनल मेस्सी विना नै मैदानमा उत्रिएको बार्सिलोनाले सहज जित निकालेको हो। खेलको १४ औं मिनेटमा नै ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलको २० औं मिनेटमा मार्टिनले गोल गर्दा बार्सिलोनाले २–० गोलको अग्रता बनायो। खेलको २८ औं मिनेटमा डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै फेरेन्सभारोसलाई बार्सिलोनाले पराजित गरेको हो।
बार्सिलोना दुई खेल अघि नै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगि सकेको टिम हो। समूह ‘जी’ मा रहेको बार्सिलोनाले आफ्नो पाँच खेलमा शतप्रशित जित निकालेको छ। पाँच खेलबाट १५ अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ। पराजित फेरेन्सभारोसको भने पाँच खेलबाट एक अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।