काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले मानार्थ अध्यक्षसहित ८ पदाधिकारी मनोनयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले मानार्थ अध्यक्षमा टासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राई, मानार्थ उपाध्यक्ष तथा आर्थिक समितिको संयोजकमा शिक्षित पराजुली, अन्तर्राष्ट्रिय प्रमुखको जिम्मेवारिसहित सल्लाहकार समितिको संयोजकमा नवीन पाण्डे, महासचिवमा इन्द्रमान तुलाधर, कोषाध्यक्षमा रविन्द्र जोशी, प्रवक्तामा एन्फाका केन्द्रीय सदस्य किरण राई र लेखापरिक्षण समितिको संयोजकमा दिपक खातीलाई मनोनयन गरेको हो।
यस्तै बैठकले दश दिन भित्र ए डिभिजन फुटबल लिगको मिति घोषणा गर्नका लागि समिति बनाएको छ। समितिको संयोजकमा विज्ञानराज शर्मा छन्। समितिलाई सरोकारवालासँग परामर्श गरि १० दिन भित्र लिगको मिति घोषणा गर्ने र लिगको ढाँचा निर्माण गर्ने अधिकार छ।
बैठकले सोमबार गरेका १५ निर्णय यस्ता छन्


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।