• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसरी सच्चियो अमेरिकी पाठ्यक्रमको बुद्धसम्बन्धी गलत तथ्य

64x64
नेपाल लाइभ बुधबार, मंसिर १७, २०७७  १३:२५
1140x725

काठमाडौं–न्युयोर्कको एक विद्यालयमा कक्षा ६ मा पढ्ने ग्लोरिया थापाले एक दिन  विद्यालयको गृहकार्य गर्ने क्रममा आफ्नो पाठ्यपुस्तकमा गौतम बुद्ध भारतमा जन्मिएको लेखिएको देखिन्। उनलाई थाहा थियो–गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भनेर। यो कुरा उनले आफ्ना बाबु ज्ञानल थापालाई समेत बताइन्। उनले गलत उत्तर नलेख्ने भन्दै ‘गौतम बुद्ध नेपालमा जन्मिएको’ भनेर लेखिन्। यस्तो उत्तरपछि उनी उक्त विषयमा फेल भइन्। 

‘यहीकारण विवाद भएपछि मेरी छोरीले उक्त विद्यालय छोड्नुपर्‍यो। यो घटनाले मलाई निकै पीडा दियो,’ ज्ञानलले सम्झिए, ‘कैयौं दिनसम्म मेरो मनमा नराम्रो लाग्यो, मलाई कैयौं रात यसले पीडा दियो।’

अनि ज्ञानलले निर्णय गरे–अमेरिकी पाठ्यक्रममा लेखिएको यस्तो गलत तथ्य सच्याउन पहल गर्नेछु। 

गत वर्षदेखि उनले थालेको पहलको परिणामस्वरुप अहिले न्युयोर्क राज्यको शिक्षा विभागले पाठ्यक्रममा भएको गौतमबुद्धको जन्मस्थलसम्बन्धी त्रुटि सच्याएको छ।  

उनको यो अभियान अहिले अमेरिकाभरि चलिरहेको छ। ‘एक विद्यालयबाट अभियान सुरु भएकोमा अहिले हामी समग्र अमेरिकाको पाठ्यक्रम परिर्वतनका लागि पहल गरिरहेका छौं,’ थापाले नेपाल लाईभसँग भने, ‘गलत कुरा सच्याउनुपर्छ, यो हाम्रो पुर्खा र इतिहासप्रतिको दायित्व हो। ’ 

न्यूयोर्क राज्यको शिक्षा विभागअन्तर्गत कक्षा ६ को सामाजिक शिक्षा, कक्षा ९ को सामाजिक शिक्षा र कला तथा प्रविधि विषय, कक्षा ११ र कक्षा १२ को विश्वव्यापी इतिहास विषयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको भनि लेखिएका छन्।  गत वर्षदेखि यस्ता त्रुटि सच्याउन विभिन्न चरणको कूटनीतिक माध्यमबाट निरन्तर पहल गर्दा न्यूयोर्कको शिक्षा विभागले पाठ्यक्रममा त्रुटि सच्याउने निर्णय गरेको उनले बताए। 

‘गौतम बुद्ध वाज बर्न इन इण्डिया’ भनी पठनपाठन गराउँदै आएकोमा उक्त वाक्यलाई परिवर्तन गरी ‘सिद्धार्थ गौतम, हु विकेम द बुद्ध, वाज बर्न इन लुम्बिनी इन प्रिजेन्ट डे नेपाल, लोकेटेड इन साउथ एशिया’ कायम गरिएको छ। 

Ncell 2
Ncell 2

न्यूयोर्क राज्यको लङ्ग आईल्याण्डअन्तर्गत नासु काउन्टीले यसअघि नै त्रुटि सच्याईसकेको थापाले बताए।  ‘एक स्वाभिमानी नेपाली नागरिकको हैसियतमा क्विईन्स कम्युनिटी बोर्डको सदस्यको रुपमा मैले यो अभियानलाई एक सफल विन्दुमा पुर्‍याउन सफल भएको हुँ’ उनले भने, ‘यसअघि सच्याउने प्रयास भए पनि सफल हुन सकेको थिएन, तर म सरकारी निकायमा भएकाले सफल भएको हो।’ 

थापाले भने यो ऐतिहासिक अभियानको प्रमुख पात्र आफ्नी छोरी ग्लोरिया भएको बताए।  ‘म गौरव गर्छु, किनकी छोरीले गौतम बुद्धका बारेमा नेपालमा पढ्दा नेपालमै जन्मिएको भनेर पढेकी थिइन्, यहाँ गलत हो भनेर बुद्धको इतिहास बताऊँदा पनि विद्यालय सच्याउन तयार भएको थिएन, तर हामी सफल भयौं,’ उनले भने, ‘ नेपालमा जन्मेको भनेर उत्तर लेखेवापत नम्बर काटेको र  विद्यालय नै परिवर्तन गरे पनि उनले मलाई हिम्मत दिइन्।’  

यो पहललाई परिणाममुखी  बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफू कार्यरत क्विईन्स कम्युनिटी बोर्ड–५ र यसका कार्यकारी अधिकृत, न्यूयोर्क सहर काउन्सिल मेन रोबर्ट होल्डन, सबुत प्रमाण जुटाउन सहयोग गर्ने अशोक केसी, पिपलमणि सिग्देल, छिरिङ तेन्जिन लामा, भुवनेश्वर अधिकारी, अर्जुन दाहाल एवं शिक्षाविद डा तारा निरौलाको सहयोग रहेको उनले बताए। 

कसरी भयो पहल ?
उनले सुरुमा विद्यालयलाई यो गलत विवरण सच्याउन अनुरोध गर्दै नेपाली इतिहासका बारेमा जानकारी गराए। तर विद्यालयले पाठ्यक्रम आफूले नबनाउने भएकाले यसमा नसक्ने बतायो। यसपछि उनीहरु यसका लागि अभियान नै सञ्चालन गर्ने निष्कर्षमा पुगे। उनीहरु विद्यालयको पाठ्यपुस्तक निर्माण गर्ने केन्द्रमा पुगे। उक्त स्थानमा पनि गलत विवरण सच्चिने नदेखे पछि राज्य सरकार तहमै दबाब दिनुपर्ने महसुस गरे। यसपछि थापाले आफ्ना साथीभाइको सहयोगमा नेपालको इतिहासका प्रमाणहरु संकलन थाले। यसका लागि क्विईन्स कम्युनिटी बोर्डलाई प्रयोग गरे। सरकारी निकाय भएकाले यसबाट पहल गर्दा सम्वन्धित स्थानमा पुग्ने उनको अनुमान अन्ततः सही ठहर भयो । 

उनीहरुले यो बोर्डमा गलत इतिहास आफ्ना बालवालिकालाई अध्यापन गराएको बारे कुरा राखे। बोर्डमा सकारात्मक संकेत देखापर्‍यो। बोर्डले  इलाकास्तरीय तहमा यसबारे जानकारी गरायो। इलाका हुँदै क्षेत्र र राज्यमा गलत इतिहास अध्यापनबारे जानकारी भयो। यसमा भारतीय मुलका व्यक्तिहरुबाट धेरै खेल्ने प्रयास भएको थापाको अनुभव छ। ‘भारतीय सबकन्टिनेन्टल’ शब्द राख्ने उनीहरुको प्रयास पनि भएको थियो । तर थापाहरुले नेपाल आफैं स्वतन्त्र देश भएकाले यो मान्य नहुने आवाज बुलन्द पारेपछि अन्ततः न्यूयोर्क सहरले पाठ्यपुस्तकमा भएको त्रुटि सच्चाउने निर्णय गरेको छ। 

आउने शैक्षिक सत्रमा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने शब्द राखिने थापाले बताए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालकाे प्रयोग गर्... बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता निगमका अनुसार यात्रुहरूको सहजताका लागि काठमाडौं–दुबई उडान ११ मार्च ११ः १५ बजे प्रस्थान समय र १२ मार्चमा स्थानीय समय अनुसार ४: १० बजे... मंगलबार, फागुन २६, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र... मंगलबार, फागुन २६, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्