• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा, नतिजा खारेजीको मागसहित सर्वोच्चमा रिट

64x64
नेपाल लाइभ बुधबार, मंसिर १७, २०७७  १२:०२
1140x725

काठमाडौं–त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र संकायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालत पुगेको छ। नतिजाप्रति असन्तुष्ट २६ उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्।

समस्या समाधानका लागि आयोगलाई पटक–पटक गरिएको आग्रहको सुनुवाइ नभएकाले अदालतमा जानुपरेको परीक्षार्थीले जनाएका छन्। आयोगको गत कात्तिक २६ गतेको सूचनामा चिकित्साशास्त्र, इञ्जिनीयरिङ, कृषि तथा पशु विज्ञान, विज्ञान तथा प्रविधि, अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र,  शिक्षाशास्त्र, व्यवस्थापन संकायका २४० परीक्षार्थीको परीक्षा आयोगको निर्णयानुसार रद्द गरिएको जनाइएको थियो । 

आयोगले २०७६ कात्तिक २८ देखि २०७६ पुस २ गतेसम्म सञ्चालित विभिन्न अध्ययन संस्थान र संकायका उम्मेदवारको परीक्षामा मर्यादाविपरीत तथा अनियमित कार्य भएको जनाउँदै उत्तरपुस्तिका र परीक्षा रद्द गरेको थियो। उत्तरपुस्तिकालाई विधिविज्ञान प्रयोगशालामा परीक्षण गराई प्राप्त अङ्कका आधारमा नतिजा प्रकाशन गरी पदपूर्तिको प्रक्रिया अघि बढाउन मागसहित यही मंसिर १४ गते रिट निवेदन दायर गरिएकामा अदालतले विश्वविद्यालयका पदाधिकारीलाई बोलाइएर सुनुवाइको मिति तय गर्न बाँकी छ।

Ncell 2
Ncell 2
nimb
nimb

समाजशास्त्र विषयमा नेपाल विद्याभूषण प्राप्त उम्मेदवार अञ्चला चौधरीले आयोगले गर्दै नगरेको गल्ती देखाइ आफूहरुको परीक्षा रद्द गर्ने सूचना प्रकाशन गर्नु न्यायोचित नभएको बताइन्। आफ्नो समूहका सर्वोत्कृष्ट विद्यार्थीसमेत र लामो समय अध्यापनरतका लिखित परीक्षा रद्द गरी आयोगले अन्याय गरेकाले अयोग्य भनिएका र सफल उम्मेदवारबीचको प्राप्तांकको फरक विवरण पाउन माग गरिएको परीक्षार्थी कपिल खनालले जानकारी दिए। 

आफ्नो समूहमा ‘इएनटी’ विषयमा सर्वोत्कृष्ट डा कृपा डङ्गोलले नभएको गल्ती देखाएर सफल हुने सम्भावित उम्मेदवारलाई पाखा लगाउने कोशिश भएको आरोप लगाइन् । वायोकेमेस्ट्रिमा सर्वोत्कृष्ट रञ्जीत ठाकुरले धेरै राम्रो भएको विषयको जाँचको उत्तरपुस्तिका रद्द गरिएकाले यो कार्य उपयुक्त नभएको प्रतिक्रिया दिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मनोविज्ञान विषयमा अध्यायपकका लागि परीक्षा दिएका डा नरेन्द्रसिंह ठगुुन्नाले  आफूहरुको समूहमा एक स्थानका लागि गरिएको विज्ञापनमा १८ जनाले आवेदन र ११ जनाले परीक्षा दिएकामा कुनै पनि उम्मेदवार सफल नभएको नतिजा आउनु आश्चर्यको विषय भएको बताए। यस समूहका परीक्षार्थीले भने आयोगविरुद्ध कानूनी चुनौती दिएका छैनन्। 

सेवा आयोगका कार्यालय प्रमुख केदारनाथ ढकालद्वारा कात्तिक २६ गते जारी सूचनामा उत्तरपुस्तिकामा मर्यादाविपरीत परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम/रोल नं/फोन नं लेखी परीक्षाको मर्यादा उल्लङ्घन गरिएको तथा केहीको हलमा अनियमितता भएकाले परीक्षा उद्द गरिएको उल्लेख छ। प्रमुख ढकालले भने रिट निवेदनबारे आफूहरुलाई जानकारी नभएको बताइए। सेवा आयोग त्रिविको स्वायत्त निकाय मानिन्छ । 

गत कात्तिक २७ गते जारी सूचनामा खुल्ला प्रतियोगिताअन्तर्गत विज्ञापन नं २२६ (२०७५/७६) को कृषि अर्थशास्त्र विषयको परीक्षामा अघिल्लो दिनको सूचनामा त्रुटि भएकाले जनाउँदै संशोधन गरिएको जनाइएको थियो । आयोगका नतिजामा विगतमा पनि अनियमितताका घटना सार्वजनिक भई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि २०७६ असार १९ मा तत्कालीन अध्यक्ष चैतन्य शर्मा, सदस्यचिव परशुराम कोइराला, सदस्य चिन्तामणि पोखरेलसहित नौ जना निलम्बनमा परेका थिए।  उनीहरुलाई प्राप्ताङ्क केरमेट गरी परिवर्तन गरिएको, नातेदार परीक्षार्थीलाई उत्तीर्ण बनाउन प्रयास गरिएकोलगायत आरोप लगाइएको थियो। रासस

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
सम्बन्धित सामग्री
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली... बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय खुला... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्