वासिंटन- अमेरिकाका महान्यायाधिवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अनुसार सन् २०२० को चुनावमा धाँधलीको कुनै पनि प्रकारको प्रमाण फेला नपरेको बताएका छन्।
‘चुनावी परिणामलाई नै प्रभावित पार्ने गरी धाँधली भएको कुरालाई पुष्टि गर्ने अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन,’ उनले भने।
अहिलेसम्म पराजय स्वीकार नगरेका ट्रम्पलाई महान्यायाधिवक्ताको यो भनाइल झड्का दिएको छ। ट्रम्प तथा उनको चुनावी अभियानका तर्फबाट पराजय भएका राज्यमा अदालताम चुनौती दिइएको थियो। तर अब ती राज्यले जो बाइडेनलाई विजयको प्रमाणपात्र दिन सुरु गरेका छन्।
महान्यायाधिवक्ता बारले सुनियोजित तरिकाले धाँधली भएको, मतदान मेशिन ह्याक गरिएको दाबी गरिए पनि कानुन मन्त्रालय र होमल्याण्ड सेक्युरिटी मन्त्रालयले कुनै ठोस प्रमाण फेला नपारेको बताए।
ट्रम्पको चुनावी अभियानका वकिल रुडी जुलियानी र जेला एलिसले भने महान्यायाधिवक्ताको भनाइ विना कुनै जानकारी र सुनियोजित धाँधलीको प्रमाण नहेरीकन महान्यायाधिवक्ताले अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।