काठमाडौं- १२ लाख ३० हजार बिगो नतिरी फरार भएका ठगी मुद्दाका दोषी पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतले २०६७ जेठ १९ गते १२ लाख ३० हजार बिगो कायम गरेको तर सो रकम नतिरी फरार भएका लामालाई मंगलबार पक्राउ गरिएको हो।
ककनी गाउँपालिका-४ का ३८ वर्षीय लामा लाई मंगलबार बिहान साढे १० बजे ललितपुरको महालक्ष्मी-३ टिकाथलीबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ गरेपछि उनलाई जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।