• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

विदेशबाट फर्किएर अलमलिएकालाई ई-रिक्साको बाटो

64x64
निर्मला घिमिरे बुधबार, मंसिर १७, २०७७  ०९:१३
1140x725

काठमाडौं- कुवेतबाट फर्किएकी मकवानपुरकी शान्तिकुमारी घलान हिजोआज ई-रिक्सा चलाउँछिन्। पौरखी नेपालको सहयोगमा ई-रिक्सा चलाउन सिकेर उनले चालक अनुमतिपत्र पनि प्राप्त गरिन्। आजभोलि उनी ई-रिक्सा चलाएर आम्दानी गर्न थालेकी छन्। आफ्नै माटोमा काम गर्न पाउँदा शान्तिकुमारीको मुहारमा खुसीसमेत थपिएको छ। 

साउदीमा पनि श्रम गरी फर्किएकी लक्ष्मी आचार्य पनि हिजोआज ई-रिक्सा चलाउँछिन्। अर्काको देशमा काम गर्नुभन्दा आफ्नै देशमा काम गर्न पाउँदा उनी निकै खुसी छन्। ‘अर्काको देशमा काम गर्न सजिलो हुँदै। बिरामी पर्दा पनि काम गर्नु बाध्यता हुन्छ। सिटामोल खाएर काम गर्नुपर्छ। वैदेशिक रोजगारीभन्दा आफ्नै देशमा काम गर्न पाउँनु धेरै राम्रो हो। विदेशमा भन्दा यहाँ काम गर्न धेरै सजिलो छ,’ लक्ष्मी भन्छिन्। 

शान्तिकुमारी र लक्ष्मी मात्र होइन, कुवेतबाट फर्किएकी बाँकेकी तिलसरा पुनमगर पनि हिजोआज ई-रिक्सा चलाउन थालेकी छन्। पहिला उनलाई अरु ज्याला मजदूरीको काम गरेर पनि बालबच्चा पढाउन निकै समस्या परेको थियो। ई-रिक्सा चलाउन थालेपछि घर खर्च चलाउन तथा बालबच्चा पढाउन राम्रोसँग खर्च चलिरहेको छ। ‘अहिले खर्च चलाउन कसैसँग ऋण लिन परेको छैन। आफ्नै पेसा छ। यसैबाट घरखर्च चलाएकी छु। बालबच्चा पढाएकी छु,’ तिलसराले सुनाइन्। 

विदेशबाट समस्यामा परेर फर्किएका शान्तिकुमारी, लक्ष्मी तथा तिलसराजस्ता थुप्रै महिलालाई पौरखी नेपालले ई-रिक्सा चलाउन पोख्त बनाएर वित्तीय सहयोगसमेत जुटाइदिएपछि अहिले उनीहरु आत्मनिर्भरतर्फ अग्रसर बनेका छन्। रिक्साको किस्ता तिरिसकेर कतिपयले ढुक्कले घरखर्च चलाईरहेका छन्। 

पौरखी नेपालकी पूर्व अध्यक्ष मञ्जु गुरुङ पहिलो चरणमा विदेशबाट समस्यामा परी फर्किएका ३६ जनालाई ई-रिक्सा चलाउन सहयोग गरिदिएको तथा बैंकसँग सहकार्य गरी आर्थिक सहयोग समेत जुटाइदिएको बताउँछिन्।

दोस्रो चरणमा २५ जनालाई सहयोग गर्ने योजनाअनुसार काम भइरहेको छ। उनकाअनुसार ५ जिल्ला (कैलाली, बाँके, सुनसरी, नवलपरासी र मकवानपुर)मा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई रिक्सा चलाउन पोख्त बनाएर आत्मनिर्भर बन्न संस्थाले सहयोग पुर्‍याएको छ। 

‘आर्थिक, सांस्कृतिक तथा सामाजिक हिसाबले पछाडि पारिएका कारण वैदेशिक रोजगारीमा जान बाध्य महिलाले देशभित्रै रोजगारीका अवसर पाए उनीहरु आत्मनिर्भर बन्न सक्छन्,' गुरुङ भन्छिन्, ‘महिलाहरुको आवश्यकतालाई विश्लेषण गरेर राज्यले पनि सहयोग गर्नुपर्ने देखिएको छ।’

विदेशबाट फर्किएर उचित गन्तव्यको अभावमा अलमलिएका महिलालाई ई-रिक्साले गन्तव्यमा डोर्‍याउन थालेको छ। यसले देशमै अवसर पाए कामको खोजीमा महिला बाध्यकारी वैदेशिक रोजगारीमा जान नपर्ने उनको ठम्याइ छ। रिक्सा जस्तै अन्य स्वरोजगारका कार्यक्रममा आवश्यकताअनुसार महिलाहरुलाई अवसर प्रदान गर्न सकिने उनको धारणा छ। राज्यले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता रोजगारीका कार्यक्रम तथा स्वरोजगारका कार्यक्रमहरुमा महिलाहरुलाई विशेष प्राथमिकताका साथ समेट्नुपर्ने उनको जोड छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पुनर्स्थापनामा राज्यले ध्यान दिनुपर्छ : विज्ञ
वैदेशिक रोजगारबाट फर्किएका महिलालाई पुनः एकीकरणका लागि आफूहरूले सहयोग पुर्‍याइरहेको युएन वुमेनकी प्रतिनिधि रचना भट्टराई बताउँछिन् । महिलाहरुलाई परम्पराजन्य सीप सिलाई, कटाई मात्र भन्दा पनि पुरुषसरह आर्थिक रुपमा छिट्टै सबल हुने खालका सीप सिकाएर राज्यले पनि विदेशबाट फर्किएका महिलालाई पुनर्स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ। 

‘महिलाहरुलाई खाली सिलाई, कटाई, चुलोचौकोमा मात्र नभएर हामीले ई-रिक्सा योजना ल्याएका हौँ। पौरखी नेपाललाई युएन वुमनले समेत सहयोग गरेको छ। अहिलेसम्म ४६ जना महिलाहरु लाभान्वित भइसक्नु भएको छ,’ उनले भनिन्। 

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)की प्रतिनिधि पूर्णिमा लिम्बू विदेशबाट समस्यामा परेर आएका तथा केही सीप समेत सिकेर आएका महिलाहरुलाई पुनर्स्थापनाको आवाश्यकता रहेको बताउँछिन्।

‘स्वदेश फर्कनुको कारण, उनीहरूमा भएको सीपको अवस्था र चाहना बुझेर पुनर्स्थापनाका लागि योजना बनाउन सकिन्छ,’ उनी भन्छिन्, ‘देश तथा श्रम बजारको आवश्यकतालाई हेरेर सोही अनुसारका कार्यक्रम बनाउनु उपयुक्त हुन्छ।’ 

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) की प्रोग्राम कोअर्डिनेटर नेहा चौधरी वैदेशिक रोजगारीबाट फर्किएका महिला श्रमिकहरुलाई पुनर्स्थापनाका लागि स्थान, परिवेश त्यहाँ काम गरेर गुजारा गर्न सक्नेस्थिति हेरेर सोहीअनुसारका पुनर्स्थापनाका कार्यक्रम ल्याउनुपर्ने बताउँछिन्। 

‘वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने प्रवृतिमा परिवर्तन ल्याउनुपर्छ। श्रम बजारको आवश्यकताअनुसारका पुनर्स्थापना कार्यक्रम ल्याउनुपर्छ। जस्तै तराईका जिल्लामा उपयुक्त भएको ई-रिक्सा पहाडी जिल्लाका महिलाका लागि उपयुक्त हुँदैन,’ उनले भनिन्। 

पुनर्स्थापना कार्यक्रम देशव्यापी बनाउनुपर्छ : वेदेशिक रोजगार बोर्ड 
वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई पुनर्स्थापना गर्ने सन्दर्भमा वैदेशिक रोजगार बोर्डको सचिवालय संवेदनशील रहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन्। तर तथ्यांक नभएका कारण पुनर्स्थापना कार्यक्रम कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

‘साँच्चै पुनर्स्थापना कार्यक्रम नै गर्ने हो भने ७७ वटै जिल्लामा कार्यक्रम पुर्‍याउनुपर्छ। जबसम्म हामीसँग तथ्यांक हुँदैन यसरी जाने भन्ने योजना बनाउन चुनौती हुन्छ,’ उनले भने, ‘हुन त बोर्डले पनि राम्रो काम गरिरहेको छ। स्थानीय सरकारसँग समन्वय गरेर विदेशबाट फर्किएकाहरुलाई निःशुल्क तालिम तथा सीप परीक्षण गराइरहेको छ।’ आर्थिक सहायता, सहुलियतपूर्ण ऋणलगायत कार्यक्रम पनि बोर्डले गरिरहेको उनले जानकारी दिए। 

बोर्डले पुनर्स्थापना कार्यक्रम कार्यविधि पनि ल्याएको र यो हप्ता भित्रै सार्वजनिक गर्ने  समेत कार्यकारी निर्देशक श्रेष्ठले बताए। यो कार्यक्रम देशव्यापी रुपमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यकारी निर्देशक श्रेष्ठले बोर्डसँग भएको सीमित वित्तीय स्रोतले मात्र नपुग्ने समेत उल्लेख गरे।

‘यो कार्यक्रम खर्चिलो हुन्छ। सानोतिनो बजेटले पुग्दैन। यो कार्यक्रम देशव्यापी रुपमा नै लैजान आवश्यक छ। बोर्डको व्यवस्थापनले मात्र हुँदैन,’ उनी भन्छन्, ‘राज्यले साँच्चै श्रम बजारमा आउने तथा विदेशबाट फर्किएर श्रम बजारमा आउने श्रमिकहरुलाई पुनर्स्थापना  गर्ने राज्यको नीति हो भने देशव्यापी पुनर्स्थापना कार्यक्रम चाहिन्छ।’

बोर्डसँग भएको सीमित स्रोत साधनले भ्याउने गरी कार्यक्रमका लागि अगाडि बढिसकेको उनले उल्लेख गरे।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ०९:१३
  • #रोजगारी
  • #ईरिक्सा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्