काठमाडौं–भक्तपुरमा सोमबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा भएको दुर्घटनामा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको हो।
सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।