एजेन्सी–विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिएको ब्राजिलको अमेजन जंगल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको पाईएको छ। सार्वजनिक भएका तथ्यांकहरूले विनाशमा तीव्रता आएको देखाएको हो। यो गति १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको जनाइएको छ।
अमेजन क्षेत्रमा ३० लाख थरि वनस्पति तथा जीवजन्तु पाइन्छन्। यहाँ १० लाख जनजातीय समुदायको बसोबास छ। पछिल्ला तथ्यांकहरूले त्यहाँ अघिल्लो १२ महिनाको तुलनामा साढे नौ प्रतिशतले वन विनाश भइरहेको देखाएको छ।
अमेजन रेनफरेस्टको विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको देशको अन्तरिक्ष निकाय आइएनपीइले जनाएको छ।
आइएनपीइले संकलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर क्षेत्रको जंगल सखाप भएको देखिएको छ।
अमेजन वन क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।