• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

छोरी मान्छे

डा अच्युतशाली घिमिरे शनिबार, मंसिर २०, २०७७  १३:०६
1140x725

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेको खबरले धेरैलाई खुसी तुल्यायाे। मलाई चाहिँ त्योभन्दा खुसी उनको जीवन कथा पढेर भएकाे छ। महिलाले आफ्नै आमाबुवा र आफन्तको शवमा समेत दागबत्ती दिन वर्जित गरिने नेपाली समाजमा हुर्किएकी सपनाले गर्दै आएका बेवारिसे शव जलाउने र दागबत्ती दिने काम अपवाद र उत्साहवर्द्धक छ।

नेपालमा सामाजिक काम गर्नेहरू धेरै छन्। तर बेवारिसे शवको व्यवस्थापन र दाहसंस्कार गर्न सडकमा निस्किएकी एक महिला कदलाई प्रशंसा नगरी बस्न सकिँदैन। त्यसमाथि कोभिड-१९ को महामारीको समयमा मानिस त्रसित भएर बाँचिरहेको अवस्थामा समाजले निकृष्ट मानेको र पितृसत्ताविरोधी काम गरेर सपनाले धेरैको मन जितेकी छिन्।

हाम्रो समाजमा बुढेसकालको भरोसाका रूपमा छोरालाई मात्र लिने चलन अद्यापि छ। दाहसंस्कार गर्ने  अधिकार पनि छोरालाई नै सुम्पिइराखिएको छ। के छोरीहरुको अस्तित्व नै त्यति कमजोर सावित गरिएको हो र? वा छोरीहरुले किरिया बस्दैमा स्वर्ग नतरिने पौराणिक कहानीलाई बल पुगेको हो? नौलो वैज्ञानिक समाजवादको युगमा समेत हामी पुरातन सोच र मानसिकताका साथ किन बाँचिरहेका छौं त? सबैले सोच्नुपर्ने विषय भएको छ।समाजका सोच विस्तारै परिवर्तन हुन जरुरी छ। आकाशतिर हेरेर गर्भमा छोरा माग्ने र छोरी भए खिन्न हुने बानी नेपालीका मस्तिष्कबाट हटेको छैन।

यौटा सानो प्रसंग जोडिहालौं। मेरो मामाघरतिरकी हजुरआमाका छोरा थिएनन्। सानैमा बित्नुभएको कारणले मेरी आमा जेठी छोरी हुनुभयो। मामाघरकी हजुरआमासँगै हामी हुर्कियौं। छोरीको घर बसेर खानु परेको भन्दै सधैं हजुरआमा भने बिलौना गर्नुहुन्थ्यो। मामाघर कास्की थियो। सकुन्जेल कहिल्यै पनि हाम्रो घर अर्थात् भोर्लेटार (लमजुङ) आएर बस्न मान्नुभएन। हामी आफैं हजुरआमालाई भेट्न जान्थ्यौं। खानेकुराहरु पुर्‍याउँथ्यौं। वृद्धावस्थासम्म हजुरआमाले निकै ठूलो संघर्ष झेल्नुभयो। हजुरआमाको हिँड्नेखाने उमेरमा छोरीको घर आउन रोक्ने मूल कारण भनेको पुरातन सोच र मानसिकता नै हो। अझ समाज र धर्म संस्कारले के भन्छ भन्नेमा समेत हजुरआमा निकै पिरलोमा पर्नुहुन्थ्यो।

पछि लामो समयसम्म छोरीको घरमा बस्दा पनि पुरानो घर नै फर्कीफर्की जानुहुन्थ्यो। मन त्यति रमाएको थिएन हजुरआमाको। छोरा नभएको र बुढेसकालमा छोरीको शरण पर्न परेकोमा हजुरआमाको अन्तर्ध्वनि रोइरहेको हामीले थोरैथोरै महसुस गर्न सक्थ्यौं। छोरालाई सन्तुष्टिको एउटा आधार मान्ने चलन अझ पनि छ हाम्रो समाजमा।

पछि हजुरआमा बित्नुभयो र दाहसंस्कार पनि आमाले नै गर्नुभयो। किरिया पनि आमा र सानिमा नै बस्नुभयो। कुरा काट्नेले भित्रभित्रै काटे होलान् तर छोरा जस्तै छोरीहरु पनि सक्षम छन् भन्ने कुरा आमाले सबैलाई देखाएर छाड्नुभयो। हुन सक्छ हजुरआमाको चाहना आफ्नै छोरा नभएकाले जेठाजुका छोराहरूले दागबत्ती दिउन्। तर पालन पोषण गर्न सक्षम हुने छोरी दाहसंस्कार गर्न कसरी असक्षम हुन सक्छन्  भन्दै आमा आफै अग्रसर हुनुभयो। सायद यस्तै खालको परिवर्तन आजको समाजले खोजिरहेको छ।

मनोवैज्ञानिक रुपमा नै छोरीको भावनालाई हल्का रुपमा लिनुहुँदैन। अचेलका छोरी भावनामा रमाउने मात्र होइन, प्रेरणादायी काम गर्न समेत सफल छन्। उनीहरुको क्षमतालाई पुरुषसँग तुलना गरेर घोषित रुपमै घटाउनु उचित हुँदैन। जुन संरक्षक शक्ति बनेर आमाबुवाको आदर गर्न सिक्ने छोरीहरू छन् उनीहरुको त्यही हिसाबमा कदर गर्नुपर्छ। धर्म र आस्थाका आधारमा मात्र संसार हाँक्न सकिँदैन। धेरै हदसम्म छोरीकै साथ सहयोगको खाँचो पर्न सक्छ। छोरा जन्मदा भाले काट्ने र छोरी जन्मिदा अँध्यारो मुख लाउने नियतिको अन्त्य हुनु जरुरी छ।

म हाल सुदुरपश्चिमको पहाडी जिल्लामा चिकित्सकको रुपमा कार्यरत छु। यहाँ छोराको चाहनामा बच्चा निरन्तर जन्माइरहने र आफ्नो स्वास्थ्य नै प्रतिकूल बनाएका आमाहरु धेरै छन्। लगातार सातदेखि एघार वटासम्म छोरीछोरी जन्मँदा समेत छोरा पाउने धित मरेको हुँदैन। छोरा पाएपछि बुढेसकालमा आराम मिल्ने र मरेपछि स्वर्ग जाने बाटो खुल्ने नाटीकुटी र अन्धविश्वासमा स्वास्नीमान्छेहरू लगातार सानै उमेरमा बच्चा जन्माइरहन्छन्। यसकै कारणले धेरै पाठेघर खस्ने, ढाड दुख्ने तथा सेतो पानी बग्ने समस्या लिएर स्वास्थ्य केन्द्र आइपुगेका हुन्छन्। यसैबाट प्रष्ट हुन्छ कि विवेक र विज्ञानको आँखाले हार खाइरहदा पनि कसरी छोराप्रति गहिरो विश्वास लिएर बाँचेको हुन्छन् आमाहरु र हाम्रो समाज।

Ncell 2
Ncell 2

जिउँदो हुँदा समेत छोराकै सहारा खोज्ने र मरिसकेपछि पनि छोराले नै दागबत्ती गर्दियोस् भन्ने कामनाले कसरी समतामूलक समाज बन्छ? छोरीहरुमा आफू पनि परिवार वा समाजको हिस्सा हुँ भन्ने भावना जागृत गर्न समेत सामाजिक रीतिरिवाज, पारिवारिक दायित्व र जन्मदेखि मृत्युसम्मका संस्कारमा नारीहरुलाई समान सहभागिता दिनुपर्छ। लैंगिक विभेदको जरा तोड्न नारीहरुलाई लिंगकै आधारमा कमजोर मानेर त्यही अनुसार समाजका फर्मुलाहरु निर्माण गर्न बन्द गरिनुपर्छ।

हरेक घरहरुमा सपना रोका मगरहरु जन्मिनुपर्ने आवश्यकता छ। मलामी जाने, दाहसंस्कार गर्ने, किरिया बस्ने मात्र होइन, हरेक चाडपर्व र चलनचल्तीमा आफ्नो हक नारीहरुले खोज्नुपर्छ। महिनावारीमा छुट्टै बस्नुपर्नेलगायतका बन्धनबाट समेत मुक्तिको खोजी हुनुपर्छ।

के नारीहरुले वेद पाठ गर्न सक्दैनन्? के नारीहरुले गायत्री मन्त्र भन्न सक्दैनन्? यो कदापि होइन। पुरुषहरू भन्दा बढ्ता सक्छन् र सकिरहेका छन्। त्यसकाे उदाहरण सपना रोका मगर पनि हुन्। तर पूर्व परिभाषित व्याख्याहरूमा टेकेर नारीहरु पँधेरो धाउन, भात पकाउन, जुठा भाँडा माझ्न, सन्तान जन्माउन मात्र जन्मिएका हुन् भनेर सोचिनु पितृसत्ताको दास मानसिकता मात्र हो। कथित यी नियमलाई तोड्दै हलो जोत्नेदेखि लिएर धुरी छाउनेसम्मका साहसिक कार्यमा समेत नारीहरु अगाडि बढ्नुपर्ने देखिन्छ।

छोरा नभएकाहरुले हिनताबोध होइन, छोरीले पाल्न सकेकोमा र मरेपछि समेत दागबत्ती दिन सकेकोमा गर्व गर्न सक्नुपर्छ। छोराले हेला गरेपछि मात्र हैन, आफूलाई राम्रो हुने हिसाबमा छोरीसँगै बसेर बुढेसकाल काट्ने हिम्मतसमेत राख्नु पर्छ। छोरा नपाउँदैमा केही बिग्रिदैन, तर छोरालाई जस्तै व्यवहार र समानता छोरीलाई दिन सकिएन भने यो सृष्टिले धिक्कार्छ।

तस्बिर- फ्रिपिक डट कम

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला
नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला सोमबार, पुस २८, २०८२
नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्