• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

छोरी मान्छे

डा अच्युतशाली घिमिरे शनिबार, मंसिर २०, २०७७  १३:०६
1140x725

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेको खबरले धेरैलाई खुसी तुल्यायाे। मलाई चाहिँ त्योभन्दा खुसी उनको जीवन कथा पढेर भएकाे छ। महिलाले आफ्नै आमाबुवा र आफन्तको शवमा समेत दागबत्ती दिन वर्जित गरिने नेपाली समाजमा हुर्किएकी सपनाले गर्दै आएका बेवारिसे शव जलाउने र दागबत्ती दिने काम अपवाद र उत्साहवर्द्धक छ।

नेपालमा सामाजिक काम गर्नेहरू धेरै छन्। तर बेवारिसे शवको व्यवस्थापन र दाहसंस्कार गर्न सडकमा निस्किएकी एक महिला कदलाई प्रशंसा नगरी बस्न सकिँदैन। त्यसमाथि कोभिड-१९ को महामारीको समयमा मानिस त्रसित भएर बाँचिरहेको अवस्थामा समाजले निकृष्ट मानेको र पितृसत्ताविरोधी काम गरेर सपनाले धेरैको मन जितेकी छिन्।

हाम्रो समाजमा बुढेसकालको भरोसाका रूपमा छोरालाई मात्र लिने चलन अद्यापि छ। दाहसंस्कार गर्ने  अधिकार पनि छोरालाई नै सुम्पिइराखिएको छ। के छोरीहरुको अस्तित्व नै त्यति कमजोर सावित गरिएको हो र? वा छोरीहरुले किरिया बस्दैमा स्वर्ग नतरिने पौराणिक कहानीलाई बल पुगेको हो? नौलो वैज्ञानिक समाजवादको युगमा समेत हामी पुरातन सोच र मानसिकताका साथ किन बाँचिरहेका छौं त? सबैले सोच्नुपर्ने विषय भएको छ।समाजका सोच विस्तारै परिवर्तन हुन जरुरी छ। आकाशतिर हेरेर गर्भमा छोरा माग्ने र छोरी भए खिन्न हुने बानी नेपालीका मस्तिष्कबाट हटेको छैन।

यौटा सानो प्रसंग जोडिहालौं। मेरो मामाघरतिरकी हजुरआमाका छोरा थिएनन्। सानैमा बित्नुभएको कारणले मेरी आमा जेठी छोरी हुनुभयो। मामाघरकी हजुरआमासँगै हामी हुर्कियौं। छोरीको घर बसेर खानु परेको भन्दै सधैं हजुरआमा भने बिलौना गर्नुहुन्थ्यो। मामाघर कास्की थियो। सकुन्जेल कहिल्यै पनि हाम्रो घर अर्थात् भोर्लेटार (लमजुङ) आएर बस्न मान्नुभएन। हामी आफैं हजुरआमालाई भेट्न जान्थ्यौं। खानेकुराहरु पुर्‍याउँथ्यौं। वृद्धावस्थासम्म हजुरआमाले निकै ठूलो संघर्ष झेल्नुभयो। हजुरआमाको हिँड्नेखाने उमेरमा छोरीको घर आउन रोक्ने मूल कारण भनेको पुरातन सोच र मानसिकता नै हो। अझ समाज र धर्म संस्कारले के भन्छ भन्नेमा समेत हजुरआमा निकै पिरलोमा पर्नुहुन्थ्यो।

पछि लामो समयसम्म छोरीको घरमा बस्दा पनि पुरानो घर नै फर्कीफर्की जानुहुन्थ्यो। मन त्यति रमाएको थिएन हजुरआमाको। छोरा नभएको र बुढेसकालमा छोरीको शरण पर्न परेकोमा हजुरआमाको अन्तर्ध्वनि रोइरहेको हामीले थोरैथोरै महसुस गर्न सक्थ्यौं। छोरालाई सन्तुष्टिको एउटा आधार मान्ने चलन अझ पनि छ हाम्रो समाजमा।

पछि हजुरआमा बित्नुभयो र दाहसंस्कार पनि आमाले नै गर्नुभयो। किरिया पनि आमा र सानिमा नै बस्नुभयो। कुरा काट्नेले भित्रभित्रै काटे होलान् तर छोरा जस्तै छोरीहरु पनि सक्षम छन् भन्ने कुरा आमाले सबैलाई देखाएर छाड्नुभयो। हुन सक्छ हजुरआमाको चाहना आफ्नै छोरा नभएकाले जेठाजुका छोराहरूले दागबत्ती दिउन्। तर पालन पोषण गर्न सक्षम हुने छोरी दाहसंस्कार गर्न कसरी असक्षम हुन सक्छन्  भन्दै आमा आफै अग्रसर हुनुभयो। सायद यस्तै खालको परिवर्तन आजको समाजले खोजिरहेको छ।

मनोवैज्ञानिक रुपमा नै छोरीको भावनालाई हल्का रुपमा लिनुहुँदैन। अचेलका छोरी भावनामा रमाउने मात्र होइन, प्रेरणादायी काम गर्न समेत सफल छन्। उनीहरुको क्षमतालाई पुरुषसँग तुलना गरेर घोषित रुपमै घटाउनु उचित हुँदैन। जुन संरक्षक शक्ति बनेर आमाबुवाको आदर गर्न सिक्ने छोरीहरू छन् उनीहरुको त्यही हिसाबमा कदर गर्नुपर्छ। धर्म र आस्थाका आधारमा मात्र संसार हाँक्न सकिँदैन। धेरै हदसम्म छोरीकै साथ सहयोगको खाँचो पर्न सक्छ। छोरा जन्मदा भाले काट्ने र छोरी जन्मिदा अँध्यारो मुख लाउने नियतिको अन्त्य हुनु जरुरी छ।

म हाल सुदुरपश्चिमको पहाडी जिल्लामा चिकित्सकको रुपमा कार्यरत छु। यहाँ छोराको चाहनामा बच्चा निरन्तर जन्माइरहने र आफ्नो स्वास्थ्य नै प्रतिकूल बनाएका आमाहरु धेरै छन्। लगातार सातदेखि एघार वटासम्म छोरीछोरी जन्मँदा समेत छोरा पाउने धित मरेको हुँदैन। छोरा पाएपछि बुढेसकालमा आराम मिल्ने र मरेपछि स्वर्ग जाने बाटो खुल्ने नाटीकुटी र अन्धविश्वासमा स्वास्नीमान्छेहरू लगातार सानै उमेरमा बच्चा जन्माइरहन्छन्। यसकै कारणले धेरै पाठेघर खस्ने, ढाड दुख्ने तथा सेतो पानी बग्ने समस्या लिएर स्वास्थ्य केन्द्र आइपुगेका हुन्छन्। यसैबाट प्रष्ट हुन्छ कि विवेक र विज्ञानको आँखाले हार खाइरहदा पनि कसरी छोराप्रति गहिरो विश्वास लिएर बाँचेको हुन्छन् आमाहरु र हाम्रो समाज।

Ncell 2
Ncell 2
nimb
nimb

जिउँदो हुँदा समेत छोराकै सहारा खोज्ने र मरिसकेपछि पनि छोराले नै दागबत्ती गर्दियोस् भन्ने कामनाले कसरी समतामूलक समाज बन्छ? छोरीहरुमा आफू पनि परिवार वा समाजको हिस्सा हुँ भन्ने भावना जागृत गर्न समेत सामाजिक रीतिरिवाज, पारिवारिक दायित्व र जन्मदेखि मृत्युसम्मका संस्कारमा नारीहरुलाई समान सहभागिता दिनुपर्छ। लैंगिक विभेदको जरा तोड्न नारीहरुलाई लिंगकै आधारमा कमजोर मानेर त्यही अनुसार समाजका फर्मुलाहरु निर्माण गर्न बन्द गरिनुपर्छ।

हरेक घरहरुमा सपना रोका मगरहरु जन्मिनुपर्ने आवश्यकता छ। मलामी जाने, दाहसंस्कार गर्ने, किरिया बस्ने मात्र होइन, हरेक चाडपर्व र चलनचल्तीमा आफ्नो हक नारीहरुले खोज्नुपर्छ। महिनावारीमा छुट्टै बस्नुपर्नेलगायतका बन्धनबाट समेत मुक्तिको खोजी हुनुपर्छ।

के नारीहरुले वेद पाठ गर्न सक्दैनन्? के नारीहरुले गायत्री मन्त्र भन्न सक्दैनन्? यो कदापि होइन। पुरुषहरू भन्दा बढ्ता सक्छन् र सकिरहेका छन्। त्यसकाे उदाहरण सपना रोका मगर पनि हुन्। तर पूर्व परिभाषित व्याख्याहरूमा टेकेर नारीहरु पँधेरो धाउन, भात पकाउन, जुठा भाँडा माझ्न, सन्तान जन्माउन मात्र जन्मिएका हुन् भनेर सोचिनु पितृसत्ताको दास मानसिकता मात्र हो। कथित यी नियमलाई तोड्दै हलो जोत्नेदेखि लिएर धुरी छाउनेसम्मका साहसिक कार्यमा समेत नारीहरु अगाडि बढ्नुपर्ने देखिन्छ।

छोरा नभएकाहरुले हिनताबोध होइन, छोरीले पाल्न सकेकोमा र मरेपछि समेत दागबत्ती दिन सकेकोमा गर्व गर्न सक्नुपर्छ। छोराले हेला गरेपछि मात्र हैन, आफूलाई राम्रो हुने हिसाबमा छोरीसँगै बसेर बुढेसकाल काट्ने हिम्मतसमेत राख्नु पर्छ। छोरा नपाउँदैमा केही बिग्रिदैन, तर छोरालाई जस्तै व्यवहार र समानता छोरीलाई दिन सकिएन भने यो सृष्टिले धिक्कार्छ।

Xtrem

Xtrem

तस्बिर- फ्रिपिक डट कम

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्