काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुई जना प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्रनानी लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेश बहादुर द्वालविरुद्ध मुद्दा दायर गरिएको हो। सई केसी र हवल्दार द्वाल उपर बिगो १३ हजार कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार प्रहरी हवल्दार द्वालले हाल निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १३ हजार रूपैयाँ घुस रकम लिएका थिए।
अनुसन्धानको सिलसिलामा सो रकम प्रहरी नायव निरीक्षक केसी र हवल्दार द्वाल दुवै जनाले घुस बापत माग गरेको खुल्न आएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।