काठमाडौं- कृषि विकास बैंक ह्याक प्रकरणमा एक वर्षपछि ह्याकरका नेपाली एजेन्ट पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले विदेशी ह्याकरका नेपाली एजेन्ट धादिङको रुबीभ्याली गाउँपालिका- १ का ३१ वर्षीय खम्ब घलेलाई आइतबार स्वयम्भूबाट पक्राउ गरेको हो।
उनीसहितका व्यक्तिले बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने गरेका थिए।
कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाडौं समेतबाट अपराधिक समूहका व्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरेका थिए।
बैंकको सिस्टम ह्याक गरी गत वर्षको असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको थियो। त्यसबाट ९ लाख ५० हजार निकालिएको थियो।
श्रवणकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिहरुको समूहले बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी ४ करोड ८८ लाख ४६ हजहार रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो।
उक्त कार्यमा संलग्न श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जासमेतलाई यसअघि नै पक्राउ गरिएको थियो। तर विदेशी ह्याकरका नेपाली एजेन्ट भनिएका घले फरार हुँदैे आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।