अछाम–अछामको चौरपाटी गाउँपालिकामा सोमबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीय निरज कुँवर रहेको अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए। घाइतेहरूको उद्धार गरेर बयालपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।
सदरमुकाम मंगलसेनदेखि धनगढीतर्फ आइरहेको ना ४ ख ९९७२ नम्बरको बस सोमबार बिहान चौरपाटी गाउँपालिकाअन्तर्गत मार्कुमा दुर्घटना भएको हो । दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।