कञ्चनपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हबल्दारको मृत्यु भएको छ। करिब ३६ वर्षीय प्रहरी हवल्दारको रामबहादुर बिष्टको आइतबार मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको थियो।
महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से १ क १४०६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दार विष्टको मृत्यु भएको हो। विष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत थिए।
ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। मृतक विष्ट शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।