काठमाडौं- नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाले जङ्गी अड्डामा ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।
नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेईलाई सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको हो। रक्षामन्त्री वेई चिनियाँ राजदूतावासको कार्यक्रम सकेर सैनिक मुख्यालय पुगेका हुन्।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले वेईले जंगी अड्डाको निरीक्षण गरेको पनि जानकारी दिए। त्यसलगत्तै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने सैनिक मुख्लायले जनाएको छ। दुई जना बीचमा दुईपक्षीय सुरक्षा सहयोग, सहकार्य र अभ्यासहरुको विषयमा कुरा हुने बताइएको छ।
जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नेछन्। प्रधाानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यलयबाट सिधै त्रिभुवन विमानस्थलमा पुगेर चिनियाँ रक्षामन्त्री वेईको नेपालको एक दिने भ्रमण सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।