सुनसरी– जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई १३ वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत सुनसरीको २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका सोही ठाउँका ३२ वर्षीय कृष्णराज धामीलाई पक्राउ गरेको हो।
पक्राउ परेका यी प्रतिवादीलगायत अन्य व्यक्तिहरु मिलेर २०६४ साल वैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा साविक एकम्बा गाविस–४ का सुनेर कुमार ठाकुरलाई सामान्य विवाद हुँदा छुरा प्रहार गरी फरार भएका थिए।
छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो। उक्त घटनापछि फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार उर्लाबारीबाट पक्राउ गरेको हो।
पक्राउ परेका धामीलाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सोही घटनामा संग्लग्न रहेका स्थानीय ३२ बर्षीय टाइसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।