उदयपुर– ताप्ली गाउँपालिका कार्यालयको नागरिक सहायता कक्षमा बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका–१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु बिक र सोही गाउँपालिका–५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौर बहादुर देवकोटा रहेका छन्।
उनीहरुलाई गाउँपालिका–५ रुपाटारबाट पक्राउ गरिएको हो। गत आइतबार उक्त कार्यालयमा विष्फोट गराएको र प्रवेशद्वारमा १ थान विष्फोटक पदार्थसमेत फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।