काठमाडौं– काठमाडाैंकाे मातातिर्थ–६ बस्ने सोनाकाजी तामाङकाे हत्यामा संलग्न रही फरार भएका एक व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन् ।
सोनाकाजीको हत्यामा संलग्न मातातिर्थ–९ का २८ वर्षीय बिशाल तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मकवानपुरबाट बिहीबार पक्राउ गरेको हो। विशाल मकवानपुरगढी बासपानीमा लुकेर बसेको भन्ने सूचनाका आधारमा खटिएको परिसरको टोलीले उनलाई हेटौडा उपमहानगरपालिका–१८ फुल्केचौरबाट पक्राउ गरेको हो ।
सोनाकाजीको हत्यामा बिशालसँगै सोनाकाजीकै श्रीमती पूर्णलक्ष्मी तामाङसमेत संलग्न थिइन्। उनीहरु दुबैजनााई उच्च अदालत पाटनले कर्तव्य ज्यानको कसुरमा २०७४ जेठ ३० गते १८ वर्ष ३ महिना १७ दिन कैद सजाय तोकेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।