काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को फिजिक्स विषयको परीक्षा रद्द नभएको बताएको छ। मंसिर ११ गते संचालित फिजिक्स विषयको परीक्षा रद्द गरेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै रद्द नभएको जानकारी बोर्डले गराएको हो।
परीक्षा बोर्डले भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएकाले त्यसको पछि नलाग्न समेत भनिएको छ।
कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न गरिएको लकडाउन र निषेधाज्ञाका कारण लामो समय परीक्षा स्थगित भएको थियो। स्थगित भएको परीक्षा मंसिर ९ गतेदेखि संचालनमा आएको हो।
(नोट : यसअघि प्रकाशित समाचार शीर्षकमा अन्यथा पर्न गएकाले पाठकवर्गमा पर्न गएको दुविधाप्रति क्षमायाचनासहित सच्याइएको छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।