• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पारिवारिक पीडाले जन्मघर सम्झिएका रसिक : सुख सुनाउन इलाम छोड्दै

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ११, २०७७  ११:०७
1140x725

इलाम–

‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ, 
सुत्केरीको नाम गरी टाउको मैले खाएँ
      .......
हटी होइन, डटी लड्ने, नेपालीको वानी हुन्छ
कहिल्यै नझुक्ने शिर उभेको, स्वाभिमानी नेपाली हुन्छ
     .......
घर बेटी नानी, आँगनमा देउन मलाइ बास
आँगनमा देउन मलाइ बाँस
     .....
गाउँ होस् वा सहर, जुनसुकै क्षेत्रका बासिन्दाको जिब्रोमा आउने गीतका हरफ हुन् यी। चार दशकअघि सिर्जित यी हरफ यसकारण पनि जनजिब्रोमा रहन गयो कि एउटा मन तान्ने शब्द र अर्को सीमित सञ्चारमाध्यम। 

त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खबरको जानकारी लिने जनताको पहुँचको श्रव्य साधन थियो– रेडियो नेपाल। रहरले होस् वा बाध्यताले खबर सुन्ने अकाट्य माध्यम बन्थ्यो रेडियो नेपाल।  

झट्ट सुन्दा ठट्यौली जस्तो लाग्ने ‘रातो भाले क्वाँय क्वाँय’ गीतले त गाउँको परिवेश समेत बोकेकाले जनताको मन÷मस्तिष्कमै बस्न पुग्यो भने ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ’ गीतले तत्कालीन राजपरिवारको समेत मन छोयो । कुनै ठट्यौली त कुनै सामाजिक परिवेशसँग मिल्दोजुल्दो गीत लेख्ने र गाउने सर्जक हुनुहुन्छ, गणेश रसिक । 

हुन त गणेश रसिक चिनाउनु पर्ने नाम होइन, तर परिचय नै दिने हो भने यतिले मात्र भने पुग्दैन। अनि सांगितिक र साहित्यिक क्षेत्रबाट रसिकको नाम अलग राख्दा यो क्षेत्र नै अधुरो रहन्छ। कथा र उपन्यास लेखेर साहित्यिक फाँटमा रहर लाग्दो नाम बनाएका रसिकको गीत लेख्ने र गाउने खुवी भएकाले पनि साहित्यिकभन्दा साङ्गीतिक पाटो अलिक गह्रौँ जस्तो देखिन्छ । रसिकको जन्म पूर्वी पहाडी जिल्ला भोजपुरमा भयो। रसिकको जन्म जति बेला भयो त्यतिबेला राणा शासन हटाउन अनेक आन्तरिक तथा बाह्य गृहकार्य भइरहेको थियो। विसं २००४ मा जन्मिएका उनको परिवार पनि राजनीतिक चेतनामा अगाडि नै थियो । बाल्यकालमै सामान्य राजनीति बुझेर सामान्य झण्डा बोके पनि रसिकको जीवनमा राजनीतिभन्दा अन्य क्षेत्रको लगाव बढी देखिन्छ  

आफ्नै हजुरबुबा बडाहाकिम भएकाले धेरै कुरा बुझ्न अर्को ठाउँ जानु परेन। रसिकको बाल्यकाल एकैनासको रहेन। बडाहाकिमको जागिरका लागि हजुरबुबा कहिले ओखलढुङ्गा त कहिले अन्य जिल्लामा जानुपर्ने भयो र रसिक पनि सँगै हिँड्नुपर्ने भयो । त्यतिकैमा रसिक आफ्नै जागिरको सिलसिलामा इलाम आइपुुगे। रसिकको विद्यालयस्तरको अध्ययन भोजपुरमै बिते पनि त्यसपछिको समय भने धेरै जसो इलाम र काठमाडौँमा बित्यो । 

लाहुर बन्न जाँदा राजविराजमै जागिर
रसिकका बुबा पल्टनका जागिरे हुनुहुन्थ्यो। त्यसैले पल्टन नै जानुपर्ने सल्लाह परिवारबाट आउन थाल्यो। गाउँमा साथीभाइसहित रसिक भोजपुरबाट पल्टनमा भर्ती हुन हिँडे। खासै घरबाहिर काम नगरेका रसिक बाटोमा हिँड्न सकेनन् र बिरामी परे। सप्तरीको राजविराज पुगेपछि भने रसिक हिँड्नै नसक्ने गरी थला परे। त्यही एक घरमा साथीभाइले रसिकलाई सुताए र पल्टनतर्फ हिँडे ।

'मेरो कथा देवकोटाको मुनामदन कृतिको मदनको जस्तै छ', रसिक भन्छन् 'तर, मदनलाई हेरचाह गर्ने भोटे थरका व्यक्ति थिए मेरा भने मधेशी थिए।' रसिक केही दिनमा सन्चाे भए तर रसिकका साथीसमेत फर्किएर त्यहीँ आइपुगे। पल्टनमा भर्ती हुन ढिला भएकाले साथीहरु भर्ती नै नभई फर्किएका रहेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिकैमा एक जनाले रसिकलाई राजविराजमै जागिरमा लगाइदिए। 'सामान्य टाइप जान्ने भएकाले मैले जागिर पाइहालेँ', उनी भन्छन्, 'त्यसपछि लाहुरेमा भर्ती हुने कुरै हरायो ।' त्यसपछि पनि रसिकको जीवन स्थिर रहेन । कहिले भोजपुर पुगे त कहिले विराटनगर। त्यतिकैमा २०२२ सालतिर इलामे साहित्यकार विष्णु नवीनको सहयोगमा रसिक इलाम आए र यहीँ काम गर्न थाले।  

साहित्यकारको प्रभाव पर्न थालेपछि विस्तारै रसिक पनि साहित्यमा रम्न थाले। २०२३ मा काठमाडौँ पसेपछि भने रसिकले ठोस प्रगति नै देखाए। 'क्षितिजलाई छुन खोज्दा–२०२४' कथासङग्रह निकालेर साहित्यिक क्षेत्रमा प्रवेश गरेको चार वर्ष नबित्दै ‘एउटा सारङ्गीभित्र–२०२८’ ल्याउन रसिक सफल भए।  यस्तै ‘बिलाउँदै गएको गीत’, ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरु’ लगायतका कृतिसमेत रचना गरे।  

राईबाट रसिक बन्दा
 साहित्यकार बन्न के के गर्नुपर्छ भन्ने थाहा नभए पनि रसिकलाई आफ्नो नामको पछाडि उपनाम झुण्ड्याउनु पर्छ भन्ने चाहिँ थाहा थियो । विद्यालयस्तरमै यति बुझेपछि रसिकले आफ्नो नामको पछाडि के उपनाम झुण्ड्याउने भन्नेमा अन्योल बनायो । सबै साथीले नाम पछाडि उपनाम झुण्ड्याएकाले रसिकलाई पनि तत्काल उपनाम झुण्ड्याउन बितिसकेको थियो तर के लेख्ने भन्ने पत्तो भने थिएन । रसिकले अच्छाकुमार राई रसिकको पुस्तक पढेर प्रभावित भएपछि आफ्नो नामको पछाडि पनि राई हटाए। अनि रसिक थपे। 

अस्थिर मन
 जब काठमाडौँमा राल्फा आन्दोलन चलिरहेको थियो त्यति बेला रसिक पनि त्यही आन्दोलनमा सरिक भए। तर समयान्तरमा रसिकलाई राल्फामा ‘बस्नु बेकार लाग्न’ थाल्यो । 'राल्फाको अर्थ नै मैले बुझिनँ, न त गन्तव्य नै थाहा पाएँ', रसिक भन्छन्, 'त्यसैले सँगै रहन सकिनँ।' त्यसपछि भोजपुरका साहित्यकारको संयोजनमा नयाँ समूह गठन भयो– लेकाली । भोजपुर क्षेत्रका हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीन किशोर, तीर्थ शेरचन र रसिक मिलेर लेकाली समूह खोले र साहित्यमा होम्मिए। नेपाली जनजीवनका कथालाई लेकाली समूहले आफ्नो विषय बनाएको थियो । लेकाली समूहले क्यानडामा समेत लेकाली सङ्गीत पुर्‍याएकाे थियो । 

 रसिकको विगत सम्झदा उनले अनगिन्ति ठाउँमा काम गरेको देखिन्छ । कहिले रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक भएर त कहिले राष्ट्रिय नाचघरको महाप्रबन्धक । त्यतिले मात्र पनि रसिकको मन थामिएन । त्यसै पनि अस्थिर मन भएका रसिकलाई लामो समय एकैठाउँमा काम गर्नसक्ने कुरै भएन । प्रतिष्ठित संस्था साझा प्रकाशनको कार्यकारी अध्यक्ष भएरसमेत रसिकले काम गरे। तर दिगो भने भएन। त्यतिकैमा रसिकले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा समेत सदस्य सचिवको रूपमा काम गरे। पचासको दशकदेखि भने रसिक काठमाडौँ बस्न रुचाएनन्। काठमाडौँमा बस्ने मन नभएपछि रसिक फेरि भोजपुर जाने मनस्थितिमा पनि रहेनन्। त्यसबेला रसिकले सम्झिए आफूले साङ्गीतिक र साहित्यिक यात्रा शुरु गरेको जिल्ला इलाम ।

उनी काठमाडौँबाट इलाम सरे। इलाम आएर पनि उनी निरन्तर आफ्नो क्षेत्रमा रहँदै आए। तर अब भने रसिकलाई इलाममा बस्नसमेत मन मर्दै आएको छ। मन मात्रै मरेको छैन आफ्नो जन्मथलो र बालसखाको न्यास्रोले तानेर भोजपुर पुर्‍याएकाे छ। अबको केही समयपछि नै रसिक इलाम छाड्दै छन।  इलाम छाडेर केही समयपछि काठमाडौँ बस्ने उनको योजना छ तर समायान्तरमा भोजपुर पुग्ने नै उद्देश्य छ । 'मैले इलाममा धेरै मित्र कमाएँ । सबैले राम्रै गर्नुभएको छ, दुःख साट्ने मान्छे पाएँ तर सुख साट्ने पाइन', उनी भन्छन्। उनलाई पुख्र्यौली घर र त्यहाँका खेतबारीले अन्य ठाउँ बिर्साएको छ । 

अप्रत्याशित राजनीतिक यात्रा   
 रसिकको जीवन केलाउँदै जाने हो भने राजनीतिक घुम्तीहरु अत्यन्तै धेरै भेटिन्छ । कांग्रेस परिवारमा जन्मिएका उनकाे मन विद्यार्थी कालदेखि नै कम्युनिष्ट आन्दोलनप्रति बढी तानिन पुग्यो । 'विसं २०१७ मा राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि परिवारसमेत राजातर्फ केन्द्रित भएको थियो', रसिकले भने, 'तर म भने बाल्यकालदेखि बामपन्थीसँग नजिक थिएँ ।' जब नेपालमा महेन्द्रपछि वीरेन्द्र राजा भए तब रसिकको राजालाई हेर्ने दृष्टिकोण फरक भयो । 'वीरेन्द्रले राज्यारोहण गरेपछि मलाइ गीत लेख्न अनुरोध गर्नुभयो । उहाँको आज्ञा पाएपछि राजाको बारेमा गीत लेखेँ', उनले भने। 
 
रसिक कलाकार सधैँ मध्यम धारको बाटो हिँड्नुपर्ने बुझेर राजाको गीत गाएको बताउछन्। त्यसपछि कालान्तरमा राजासँग नजिक रहँदारहँदै इलामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट उम्मेदवार बन्न अनुरोध गरियो। सुरुमा त रसिकले आफू कलाकार भएको बताउँदै कुनै पार्टीबाट उम्मेदवारी नदिने अडान राखे। तर पार्टीको माथिल्लोस्तरबाटै अनुरोध गरेपछि रसिकले नउठेर धर नै पाएनन्।  रसिक २०५१ सालको निर्वाचनमा इलामबाट चुनाव लड्न बाध्य भए।  त्यतिबेला रसिकले जित्ने सम्भावना त थिएन तर पछि आरोप चाहिँ प्रतिद्वन्द्वी नेकपा एमालेका झलनाथ खनाललाई हराउन उम्मेदवारी दिएको भन्ने लाग्यो ।

 चुनावी परिणाम पनि त्यस्तै नै आयो । झलनाथ खनालले चुनाव हारे भने कांग्रेसका बेनुपराज प्रसाईंले जिते।  तर रसिक भने आफू कसैलाई हराउनका लागि चुनावमा नउठेको प्रस्ट्याउछन्। 'मेरो साहित्य सिर्जना गर्दाको साथी हो उहाँ (झलनाथ खनाल)', रसिकले थपे, 'म कसरी त्यस्तो गर्न सक्छु ।' त्यसपछि रसिकले राप्रपासमेत छाडे।
 
पीडैपीडाको जिन्दगी
धेरैलाई लाग्न सक्छ, रसिकको जिन्दगी साहित्य र सङ्गीतमा उनले पारेको छाप जत्तिकै चम्किलो होला। तर त्यसको ठीक विपरीत उनको व्यक्तिगत जिन्दगी भने पीडैपीडाको भुङ्ग्रोमा फसेको छ। उनको जीवनका भोगाइ हेर्दा लाग्छ के गुमाएनन् र ? सानैमा आमाको माया गुुमाउनु पर्‍याे भने घरै छाडेर हिँड्न बाध्य हुनुपर्‍याे। 

 बुबाले कान्छी आमा ल्याएपछि बुबाको मायाबाट समेत टाढिनु पर्‍याे भने कान्छा भाइले आत्महत्या गरे । माइलो भाइ माओवादी द्वन्द्वमा मारिए । साइँलो भाइ दुर्घटनामा बिते। एक्लो छोरो पनि बित्यो। श्रीमती पनि अस्वस्थ छन्। अहिले रसिकको परिवारमा श्रीमती बुहारी र नातिनीमात्र छन् ।

नातिनीकै पढाइका लागि केही समय काठमाडौँ बसाइपछि भोजपुर पुग्ने योजना छ । 'मेरो चञ्चल स्वभाव छ । एक ठाउँ बस्न सक्दिन', रसिकले भने, 'भोजपुरमै पनि दीर्घकालीन बसाइ नहुन सक्छ ।” रसिकले साहित्य र गायनबाट नाम मात्र होइन सम्मान पनि पाए। उनले विसं २०२८ मा कविता महोत्सवमा प्रथम पुरस्कार, विसं २०३४ मा रेडियो नेपाल सङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, विसं २०२४ मा राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार र २०६३ सालमा पद्मश्री पुरस्कार प्राप्त गरेका छन्। रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्