• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १०, २०८२ Wed, Nov 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पारिवारिक पीडाले जन्मघर सम्झिएका रसिक : सुख सुनाउन इलाम छोड्दै

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ११, २०७७  ११:०७
1140x725

इलाम–

‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ, 
सुत्केरीको नाम गरी टाउको मैले खाएँ
      .......
हटी होइन, डटी लड्ने, नेपालीको वानी हुन्छ
कहिल्यै नझुक्ने शिर उभेको, स्वाभिमानी नेपाली हुन्छ
     .......
घर बेटी नानी, आँगनमा देउन मलाइ बास
आँगनमा देउन मलाइ बाँस
     .....
गाउँ होस् वा सहर, जुनसुकै क्षेत्रका बासिन्दाको जिब्रोमा आउने गीतका हरफ हुन् यी। चार दशकअघि सिर्जित यी हरफ यसकारण पनि जनजिब्रोमा रहन गयो कि एउटा मन तान्ने शब्द र अर्को सीमित सञ्चारमाध्यम। 

त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खबरको जानकारी लिने जनताको पहुँचको श्रव्य साधन थियो– रेडियो नेपाल। रहरले होस् वा बाध्यताले खबर सुन्ने अकाट्य माध्यम बन्थ्यो रेडियो नेपाल।  

झट्ट सुन्दा ठट्यौली जस्तो लाग्ने ‘रातो भाले क्वाँय क्वाँय’ गीतले त गाउँको परिवेश समेत बोकेकाले जनताको मन÷मस्तिष्कमै बस्न पुग्यो भने ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ’ गीतले तत्कालीन राजपरिवारको समेत मन छोयो । कुनै ठट्यौली त कुनै सामाजिक परिवेशसँग मिल्दोजुल्दो गीत लेख्ने र गाउने सर्जक हुनुहुन्छ, गणेश रसिक । 

हुन त गणेश रसिक चिनाउनु पर्ने नाम होइन, तर परिचय नै दिने हो भने यतिले मात्र भने पुग्दैन। अनि सांगितिक र साहित्यिक क्षेत्रबाट रसिकको नाम अलग राख्दा यो क्षेत्र नै अधुरो रहन्छ। कथा र उपन्यास लेखेर साहित्यिक फाँटमा रहर लाग्दो नाम बनाएका रसिकको गीत लेख्ने र गाउने खुवी भएकाले पनि साहित्यिकभन्दा साङ्गीतिक पाटो अलिक गह्रौँ जस्तो देखिन्छ । रसिकको जन्म पूर्वी पहाडी जिल्ला भोजपुरमा भयो। रसिकको जन्म जति बेला भयो त्यतिबेला राणा शासन हटाउन अनेक आन्तरिक तथा बाह्य गृहकार्य भइरहेको थियो। विसं २००४ मा जन्मिएका उनको परिवार पनि राजनीतिक चेतनामा अगाडि नै थियो । बाल्यकालमै सामान्य राजनीति बुझेर सामान्य झण्डा बोके पनि रसिकको जीवनमा राजनीतिभन्दा अन्य क्षेत्रको लगाव बढी देखिन्छ  

आफ्नै हजुरबुबा बडाहाकिम भएकाले धेरै कुरा बुझ्न अर्को ठाउँ जानु परेन। रसिकको बाल्यकाल एकैनासको रहेन। बडाहाकिमको जागिरका लागि हजुरबुबा कहिले ओखलढुङ्गा त कहिले अन्य जिल्लामा जानुपर्ने भयो र रसिक पनि सँगै हिँड्नुपर्ने भयो । त्यतिकैमा रसिक आफ्नै जागिरको सिलसिलामा इलाम आइपुुगे। रसिकको विद्यालयस्तरको अध्ययन भोजपुरमै बिते पनि त्यसपछिको समय भने धेरै जसो इलाम र काठमाडौँमा बित्यो । 

लाहुर बन्न जाँदा राजविराजमै जागिर
रसिकका बुबा पल्टनका जागिरे हुनुहुन्थ्यो। त्यसैले पल्टन नै जानुपर्ने सल्लाह परिवारबाट आउन थाल्यो। गाउँमा साथीभाइसहित रसिक भोजपुरबाट पल्टनमा भर्ती हुन हिँडे। खासै घरबाहिर काम नगरेका रसिक बाटोमा हिँड्न सकेनन् र बिरामी परे। सप्तरीको राजविराज पुगेपछि भने रसिक हिँड्नै नसक्ने गरी थला परे। त्यही एक घरमा साथीभाइले रसिकलाई सुताए र पल्टनतर्फ हिँडे ।

'मेरो कथा देवकोटाको मुनामदन कृतिको मदनको जस्तै छ', रसिक भन्छन् 'तर, मदनलाई हेरचाह गर्ने भोटे थरका व्यक्ति थिए मेरा भने मधेशी थिए।' रसिक केही दिनमा सन्चाे भए तर रसिकका साथीसमेत फर्किएर त्यहीँ आइपुगे। पल्टनमा भर्ती हुन ढिला भएकाले साथीहरु भर्ती नै नभई फर्किएका रहेछन्। 

Ncell 2
Ncell 2

त्यतिकैमा एक जनाले रसिकलाई राजविराजमै जागिरमा लगाइदिए। 'सामान्य टाइप जान्ने भएकाले मैले जागिर पाइहालेँ', उनी भन्छन्, 'त्यसपछि लाहुरेमा भर्ती हुने कुरै हरायो ।' त्यसपछि पनि रसिकको जीवन स्थिर रहेन । कहिले भोजपुर पुगे त कहिले विराटनगर। त्यतिकैमा २०२२ सालतिर इलामे साहित्यकार विष्णु नवीनको सहयोगमा रसिक इलाम आए र यहीँ काम गर्न थाले।  

साहित्यकारको प्रभाव पर्न थालेपछि विस्तारै रसिक पनि साहित्यमा रम्न थाले। २०२३ मा काठमाडौँ पसेपछि भने रसिकले ठोस प्रगति नै देखाए। 'क्षितिजलाई छुन खोज्दा–२०२४' कथासङग्रह निकालेर साहित्यिक क्षेत्रमा प्रवेश गरेको चार वर्ष नबित्दै ‘एउटा सारङ्गीभित्र–२०२८’ ल्याउन रसिक सफल भए।  यस्तै ‘बिलाउँदै गएको गीत’, ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरु’ लगायतका कृतिसमेत रचना गरे।  

राईबाट रसिक बन्दा
 साहित्यकार बन्न के के गर्नुपर्छ भन्ने थाहा नभए पनि रसिकलाई आफ्नो नामको पछाडि उपनाम झुण्ड्याउनु पर्छ भन्ने चाहिँ थाहा थियो । विद्यालयस्तरमै यति बुझेपछि रसिकले आफ्नो नामको पछाडि के उपनाम झुण्ड्याउने भन्नेमा अन्योल बनायो । सबै साथीले नाम पछाडि उपनाम झुण्ड्याएकाले रसिकलाई पनि तत्काल उपनाम झुण्ड्याउन बितिसकेको थियो तर के लेख्ने भन्ने पत्तो भने थिएन । रसिकले अच्छाकुमार राई रसिकको पुस्तक पढेर प्रभावित भएपछि आफ्नो नामको पछाडि पनि राई हटाए। अनि रसिक थपे। 

अस्थिर मन
 जब काठमाडौँमा राल्फा आन्दोलन चलिरहेको थियो त्यति बेला रसिक पनि त्यही आन्दोलनमा सरिक भए। तर समयान्तरमा रसिकलाई राल्फामा ‘बस्नु बेकार लाग्न’ थाल्यो । 'राल्फाको अर्थ नै मैले बुझिनँ, न त गन्तव्य नै थाहा पाएँ', रसिक भन्छन्, 'त्यसैले सँगै रहन सकिनँ।' त्यसपछि भोजपुरका साहित्यकारको संयोजनमा नयाँ समूह गठन भयो– लेकाली । भोजपुर क्षेत्रका हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीन किशोर, तीर्थ शेरचन र रसिक मिलेर लेकाली समूह खोले र साहित्यमा होम्मिए। नेपाली जनजीवनका कथालाई लेकाली समूहले आफ्नो विषय बनाएको थियो । लेकाली समूहले क्यानडामा समेत लेकाली सङ्गीत पुर्‍याएकाे थियो । 

 रसिकको विगत सम्झदा उनले अनगिन्ति ठाउँमा काम गरेको देखिन्छ । कहिले रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक भएर त कहिले राष्ट्रिय नाचघरको महाप्रबन्धक । त्यतिले मात्र पनि रसिकको मन थामिएन । त्यसै पनि अस्थिर मन भएका रसिकलाई लामो समय एकैठाउँमा काम गर्नसक्ने कुरै भएन । प्रतिष्ठित संस्था साझा प्रकाशनको कार्यकारी अध्यक्ष भएरसमेत रसिकले काम गरे। तर दिगो भने भएन। त्यतिकैमा रसिकले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा समेत सदस्य सचिवको रूपमा काम गरे। पचासको दशकदेखि भने रसिक काठमाडौँ बस्न रुचाएनन्। काठमाडौँमा बस्ने मन नभएपछि रसिक फेरि भोजपुर जाने मनस्थितिमा पनि रहेनन्। त्यसबेला रसिकले सम्झिए आफूले साङ्गीतिक र साहित्यिक यात्रा शुरु गरेको जिल्ला इलाम ।

उनी काठमाडौँबाट इलाम सरे। इलाम आएर पनि उनी निरन्तर आफ्नो क्षेत्रमा रहँदै आए। तर अब भने रसिकलाई इलाममा बस्नसमेत मन मर्दै आएको छ। मन मात्रै मरेको छैन आफ्नो जन्मथलो र बालसखाको न्यास्रोले तानेर भोजपुर पुर्‍याएकाे छ। अबको केही समयपछि नै रसिक इलाम छाड्दै छन।  इलाम छाडेर केही समयपछि काठमाडौँ बस्ने उनको योजना छ तर समायान्तरमा भोजपुर पुग्ने नै उद्देश्य छ । 'मैले इलाममा धेरै मित्र कमाएँ । सबैले राम्रै गर्नुभएको छ, दुःख साट्ने मान्छे पाएँ तर सुख साट्ने पाइन', उनी भन्छन्। उनलाई पुख्र्यौली घर र त्यहाँका खेतबारीले अन्य ठाउँ बिर्साएको छ । 

अप्रत्याशित राजनीतिक यात्रा   
 रसिकको जीवन केलाउँदै जाने हो भने राजनीतिक घुम्तीहरु अत्यन्तै धेरै भेटिन्छ । कांग्रेस परिवारमा जन्मिएका उनकाे मन विद्यार्थी कालदेखि नै कम्युनिष्ट आन्दोलनप्रति बढी तानिन पुग्यो । 'विसं २०१७ मा राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि परिवारसमेत राजातर्फ केन्द्रित भएको थियो', रसिकले भने, 'तर म भने बाल्यकालदेखि बामपन्थीसँग नजिक थिएँ ।' जब नेपालमा महेन्द्रपछि वीरेन्द्र राजा भए तब रसिकको राजालाई हेर्ने दृष्टिकोण फरक भयो । 'वीरेन्द्रले राज्यारोहण गरेपछि मलाइ गीत लेख्न अनुरोध गर्नुभयो । उहाँको आज्ञा पाएपछि राजाको बारेमा गीत लेखेँ', उनले भने। 
 
रसिक कलाकार सधैँ मध्यम धारको बाटो हिँड्नुपर्ने बुझेर राजाको गीत गाएको बताउछन्। त्यसपछि कालान्तरमा राजासँग नजिक रहँदारहँदै इलामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट उम्मेदवार बन्न अनुरोध गरियो। सुरुमा त रसिकले आफू कलाकार भएको बताउँदै कुनै पार्टीबाट उम्मेदवारी नदिने अडान राखे। तर पार्टीको माथिल्लोस्तरबाटै अनुरोध गरेपछि रसिकले नउठेर धर नै पाएनन्।  रसिक २०५१ सालको निर्वाचनमा इलामबाट चुनाव लड्न बाध्य भए।  त्यतिबेला रसिकले जित्ने सम्भावना त थिएन तर पछि आरोप चाहिँ प्रतिद्वन्द्वी नेकपा एमालेका झलनाथ खनाललाई हराउन उम्मेदवारी दिएको भन्ने लाग्यो ।

 चुनावी परिणाम पनि त्यस्तै नै आयो । झलनाथ खनालले चुनाव हारे भने कांग्रेसका बेनुपराज प्रसाईंले जिते।  तर रसिक भने आफू कसैलाई हराउनका लागि चुनावमा नउठेको प्रस्ट्याउछन्। 'मेरो साहित्य सिर्जना गर्दाको साथी हो उहाँ (झलनाथ खनाल)', रसिकले थपे, 'म कसरी त्यस्तो गर्न सक्छु ।' त्यसपछि रसिकले राप्रपासमेत छाडे।
 
पीडैपीडाको जिन्दगी
धेरैलाई लाग्न सक्छ, रसिकको जिन्दगी साहित्य र सङ्गीतमा उनले पारेको छाप जत्तिकै चम्किलो होला। तर त्यसको ठीक विपरीत उनको व्यक्तिगत जिन्दगी भने पीडैपीडाको भुङ्ग्रोमा फसेको छ। उनको जीवनका भोगाइ हेर्दा लाग्छ के गुमाएनन् र ? सानैमा आमाको माया गुुमाउनु पर्‍याे भने घरै छाडेर हिँड्न बाध्य हुनुपर्‍याे। 

 बुबाले कान्छी आमा ल्याएपछि बुबाको मायाबाट समेत टाढिनु पर्‍याे भने कान्छा भाइले आत्महत्या गरे । माइलो भाइ माओवादी द्वन्द्वमा मारिए । साइँलो भाइ दुर्घटनामा बिते। एक्लो छोरो पनि बित्यो। श्रीमती पनि अस्वस्थ छन्। अहिले रसिकको परिवारमा श्रीमती बुहारी र नातिनीमात्र छन् ।

नातिनीकै पढाइका लागि केही समय काठमाडौँ बसाइपछि भोजपुर पुग्ने योजना छ । 'मेरो चञ्चल स्वभाव छ । एक ठाउँ बस्न सक्दिन', रसिकले भने, 'भोजपुरमै पनि दीर्घकालीन बसाइ नहुन सक्छ ।” रसिकले साहित्य र गायनबाट नाम मात्र होइन सम्मान पनि पाए। उनले विसं २०२८ मा कविता महोत्सवमा प्रथम पुरस्कार, विसं २०३४ मा रेडियो नेपाल सङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, विसं २०२४ मा राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार र २०६३ सालमा पद्मश्री पुरस्कार प्राप्त गरेका छन्। रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
धरहरा सञ्चालनको एक वर्षमा ७ करोड ७१ लाख राजस्व संकलन
विश्वकपमा उपविजेता नेपाली टोलीलाई क्यानको १० लाखसहित सम्मान
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ मंगलबार, मंसिर ९, २०८२
धरहरा सञ्चालनको एक वर्षमा ७ करोड ७१ लाख राजस्व संकलन मंगलबार, मंसिर ९, २०८२
विश्वकपमा उपविजेता नेपाली टोलीलाई क्यानको १० लाखसहित सम्मान मंगलबार, मंसिर ९, २०८२
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
अमेरिकाद्वारा सुडानका युद्धरत पक्षलाई युद्धविराम प्रस्ताव ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा मंगलबार, मंसिर ९, २०८२
मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्