काठमाडौं– च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह चरणका खेलमा लिभरपुल एटलान्टासँग २–० ले पराजित भएको छ। एटलान्टाले ६०औँ र ६४औँ मिनेटमा गरी चार मिनेटमा दुई गोल गर्दा लिभरपुल स्तब्ध भएको हो।
लिभरपुल पराजित भएसँगै समूह डीका बाँकी खेलहरु रोचक हुने देखिन्छ। चार खेल सकिँदा लिभरपुलको नौं अंक छ भने आयाक्स र एटलान्टाको समान सात अंक रहेको छ। बुधबार राति नै भएको खेलमा आयाक्सले मिड्टजेल्यान्डलाई ३–१ ले हराएको छ।
लिभरपुल पराजित हुँदा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले भने ओलम्पियाकोसलाई १–० ले हरायो। सिटीको जितमा खेलको ३६औँ मिनेटमा फोडेनले गोल गरे। जितसँगै समूह चरणमा दुई खेल बाँकी रहँदै म्यानचेस्टर सिटी अन्तिम १६ मा पुग्न सफल भएको छ। चार खेलमा सिटीको १२ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।