काठमाडौं– ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका–११ दुर्गा टोलका ४९ वर्षीय जितेन्द्रप्रसाद सिंह पेस्तोलसहित पक्राउ परेका हुन्।
सिंहले आफ्नो घरमा अवैध रुपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले ४ राउण्ड गोलीसहित सिंह पक्राउ परेको हो।
सिंहको घर खानतलासी गर्दा स्टिलको दराजको सेफ बक्सभित्र ७.५६ एमएमको ४ राउण्ड गोली लोड भएको म्यागजिनसहित पेस्तोल बरामद भएको हो ।
पेस्तोलसँगै मानिसलाई बेहोस पार्ने एक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।