• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाघमारा : गैँडा खेल्ने रनवन

नारायण ढुंगाना मंगलबार, मंसिर ९, २०७७  १७:१५
1140x725

सौराहा (चितवन)- पर्यापर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाल्न सकिन्छ। बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो। गैँडा खेल्ने ‘रनवन’ नै बन्न पुगेको छ बाघमारा।

केही दिनअघि यहाँको सानो चौरमा काखमा केटो चेपेर माउ गैँडा लमतन्न परेर घाम तापिरहेकी थिई। हात्तीको खस्राकखुस्रुक आवाजले कान ठाडो पारेर हेरी। माहुतेको इसारामा हात्ती एक टकले उभियो। हात्तीमा सयर पर्यटकले मौन बसेर विभिन्न कोणका तस्बीर लिए, अनि गैँडासँग नजीकपनको अनुभूति सङ्गाले। आफू र केटोको सुरक्षा जोखिम नरहेको बुझेपछि माउ–बच्चा फेरि उही आसनमा लमतन्न परेर घाम ताप्नमा मग्न भए।

अलि परको अर्को चौरमा एक भाले गैँडा एक सुरले चर्दै थियो। चित्तल र मृग आफ्नै धुनमा एकापसमा घाम ताप्दै, कुरा साट्दै र चर्दै गरेको भेटिए। राप्ती र बूढी राप्ती नदीको किनारको बालुवामा मगर र घडियाल गोही पार तापिरहेका दृश्यले लोभलाग्दो थियो। चराहरु पानीभित्र घुसेर माछा टिप्दै थिए। त्यो सबै दृश्यमा पर्यटक खुबै आनन्द लिन्थे र सके जति क्यामेरामा कैद गर्थे। त्यो देखेपछि काठमाडौँबाट गएका पर्यटक भन्दै थिए, 'वाह क्या मजा भयो।'

वन्यजन्तुको राम्रो बासस्थान भएकाले बाघमारा पर्यटकको रोजाइमा पर्ने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका सचिव रामशरण सिलवालले बताए। 'नजिकबाट गैँडा हेर्न पाइने भएकाले सौराहा आउने पर्यटक हात्ती सफारी गर्न मन पराउँछन्, बाघमारामा सफारी गर्दा अधिकांशले गैँडालगायत वन्यजन्तु देखेरै फर्किन्छन्, त्यसैले आकर्षण छ,' पर्यटन व्यवसायीसमेत रहेका सिलवालले बताए।

यहाँ वन्यजन्तुका लागि उचित वातावरण छ। ठाउँठाउँमा इनार खनेर पानी निकाली ताल बनाइएको छ। आहाल खेल्ने स्थान पर्याप्त छ। बर्सेनी घाँसेमैदान व्यवस्थापन गरेर वन्यजन्तुका लागि उचित वातावरण दिने प्रयास गरिएको वनका अध्यक्ष जीतु तामाङले बताए। बाघमारामा देशविदेशका आगन्तुक हात्ती सफारी गरेर वन्यजन्तु अवलोकनमा रमाउँछन्। पैदलै घुमेर र डुङ्गा सफारी गरेर वन्यजन्तुका गतिविधि नियाँल्न पाउनु यहाँको अर्को आकर्षण हो।

प्रभावकारी संरक्षणका कारण विश्वकै दुर्लभ वन्यजन्तुको राम्रो बासस्थानको विकास भएको छ। बाघमारा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, चित्तल, भालु, गोही, चराचुरुङीका विभिन्न प्रजातिको क्रिडास्थल बन्न पुगेको छ। रात बिताउन मचान बनाइएकाले त्यहाँ बसेर पर्यटकले जङ्गल र वन्यजन्तुका गतिविधि हेर्दै मजा लिन्छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष, स्थानीय समुदाय, पर्यटन व्यवसायी, चितवन राष्ट्रिय निकुञ्जको दशकौँको प्रयासले वन यहाँसम्म आइपुगेको हो। ताल–तलैया निर्माण, घाँसेमैदान व्यवस्थापन, वृक्षरोपण, तारबारलगायत कार्यक्रमले दशकअघिको सुक्खा क्षेत्र अहिले हरियाली बनेको हो। रूखबिरुवा हुर्कंदै जाँदा सुन्दरताले भरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले समग्र मुलुकको आर्थिक क्षेत्र प्रभावित हुँदा पर्यटन क्षेत्र पनि जोगिएन। यद्यपि गएको दशैँबाट भने चहलपहल शुरु भएको सहकारीका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए। 'हालसालै मात्र एकै दिन ३९ हात्ती सफारी भएको थियो, तिहारका बेला २६ सम्म गयो, बिस्तारै सफारी पर्यटनले गति लिन थालेको छ,' उनले स्मरण गरे।

मध्यवर्ती र जैविक मार्गमा पर्ने कुमरोज, विसहजारी ताल क्षेत्र र निकुञ्जमा जीप सफारी पनि चल्छ। चरा अवलोकन, पैदल जङ्गल सफारी पनि हुन्छ। उक्त हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले भने, 'चितवन सफारी पर्यटनका लागि विश्वमै प्रख्यात भएकाले यहाँ घुम्न पर्यटक लालायित हुने गरेका छन्।' 

यहाँका मध्यवर्ती क्षेत्रमा हात्तीसँगै डुङ्गा र जीप सफारी पनि चल्छ। हात्ती सफारीमा केही क्षेत्रबाट विरोध भइरहे पनि अझै पर्यटकको आकर्षण भने कम देखिँदैन। यद्यपि बाघमारामा मानवीय चाप भने बढी छ। व्यवसायीका अनुसार कोरोनाले हाललाई पर्यटकीय गतिविधि सञ्चालनमा समस्या पारिरहेको छ। आवश्यक सुरक्षा मापदण्ड अपनाइएकाले ढुक्कले घुम्न सक्ने क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष राममणि खनालले बताए। उनका अनुसार, सौराहामा घुम्ने, जङ्गल सफारी गरेर फर्कने पर्यटक बढी आइरहेका छन्। अब आवासीय पर्यटकको पर्खाइमा छन्, व्यवसायीहरु।

सौराहामा १०० भन्दा बढी सुविधायुक्त होटेल तथा रेष्टुरेन्ट भएकाले पनि वन्यजन्तु अवलोकनपछि अन्य पर्यटकीय गतिविधिको मजा लिन सहज छ। राप्ती किनारबाट देखिने साँझको सूर्यास्त, थारू संस्कृति, रहनसहन तथा वेशभूषाले पनि पर्यटकलाई लोभ्याउँछ। थारू नाचमा पर्यटन रम्न पाउँछन्।

यसरी सुरु भएको थियो पर्यापर्यटन
विसं २०५३ मा ‘बाघमारा मध्यवर्ती सामुदायिक वन’ घोषित भएको थियो। सोही बेला नै सामुदायिक वनमा पर्यटनको मार्ग खुला गरेको हो। शुरुशुरुमा वन हेरालुलाई तलब दिन नसकेकामा परिस्थिति फेरिएर त्यही वनको करोडौँको आम्दानीले पर्यापर्यटन विकास, आयआर्जन, संरक्षण र अन्य भौतिक निर्माणमा सहयोग हुँदै आएको छ।  

पर्यापर्यटन विकासबाट हुने आम्दानी नै बाघमारा सामुदायिक वनको मुख्य आम्दानीको स्रोत हो। भूमाफियाको चलखेल, काठ कटानी र फँडानीले तीन दशकअघि उजाड थियो, बाघमारा वन क्षेत्र। वन्यजन्तुहरु खेल्ने ठाउँ थिएन। नजिकै चितवन निकुञ्ज हरियाली हुँदा बाघमाराले आफ्नो सुन्दरता गुमाएको थियो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो वन निकुञ्ज तथा बरण्डाभार जैविकमार्गको वनसँग जोडिएको छ। राप्ती नदीले दक्षिणबाट र बूढी राप्ती नदी र खगेरी खोलाले उत्तर र पश्चिमबाट घेरिएको छ। 

यहाँ विसं २०१५ देखि नै संरक्षणको प्रयास गरिएको थियो। विसं २०२२ मा यस क्षेत्रलाई महेन्द्र मृगकुञ्जभित्र रेखाङ्कन गरेको पाइन्छ। विसं २०२६ सालमा नापी आएका बखत वन क्षेत्र भनी कायम गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अभिलेखमा उल्लेख छ। २०४० सालतिर स्थानीय जनताको सक्रियतामा वन उपभोक्ता समूह गठन गरी सामुदायिक वनका रुपमा विकास गर्ने कार्य भएको थियो। २०४२ सालतिर भूमाफियाले आफ्नो नाममा कयौँ जग्गा दर्ता गराएका थिए। त्यो बेला मुद्दा पनि परेको थियो। विसं २०४६ मा विश्वनाथ पौडेलको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता समिति गठन भएपछि वनको संरक्षणको कोशेढुङ्गा साबित बन्यो।

त्यति बेला कोषले वृक्षरोपण, तारबार, घाँस पालन, तटबन्दलगायत कार्यक्रमका लागि सहयोग गरेको हालै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुखबाट निवृत्त हुनुभएका रामकुमार अर्यालले जानकारी दिनुभयो। विगतमा तत्कालीन राणा परिवार शिकार खेल्न आउँदा बाघ मारेर छाला सुकाउने गरेको हुँदा यसलाई बाघमारा भन्ने गरिएको एकथरीको भनाइ छ भने अर्काथरीले दुईवटा बाघ एकापसमा जुधेर मरेका कारणले त्यस बेलादेखि बाघमारा भन्न थालिएको भन्ने सुन्न पाइन्छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:१५
  • #गैँडा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्