• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाघमारा : गैँडा खेल्ने रनवन

नारायण ढुंगाना मंगलबार, मंसिर ९, २०७७  १७:१५
1140x725

सौराहा (चितवन)- पर्यापर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाल्न सकिन्छ। बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो। गैँडा खेल्ने ‘रनवन’ नै बन्न पुगेको छ बाघमारा।

केही दिनअघि यहाँको सानो चौरमा काखमा केटो चेपेर माउ गैँडा लमतन्न परेर घाम तापिरहेकी थिई। हात्तीको खस्राकखुस्रुक आवाजले कान ठाडो पारेर हेरी। माहुतेको इसारामा हात्ती एक टकले उभियो। हात्तीमा सयर पर्यटकले मौन बसेर विभिन्न कोणका तस्बीर लिए, अनि गैँडासँग नजीकपनको अनुभूति सङ्गाले। आफू र केटोको सुरक्षा जोखिम नरहेको बुझेपछि माउ–बच्चा फेरि उही आसनमा लमतन्न परेर घाम ताप्नमा मग्न भए।

अलि परको अर्को चौरमा एक भाले गैँडा एक सुरले चर्दै थियो। चित्तल र मृग आफ्नै धुनमा एकापसमा घाम ताप्दै, कुरा साट्दै र चर्दै गरेको भेटिए। राप्ती र बूढी राप्ती नदीको किनारको बालुवामा मगर र घडियाल गोही पार तापिरहेका दृश्यले लोभलाग्दो थियो। चराहरु पानीभित्र घुसेर माछा टिप्दै थिए। त्यो सबै दृश्यमा पर्यटक खुबै आनन्द लिन्थे र सके जति क्यामेरामा कैद गर्थे। त्यो देखेपछि काठमाडौँबाट गएका पर्यटक भन्दै थिए, 'वाह क्या मजा भयो।'

वन्यजन्तुको राम्रो बासस्थान भएकाले बाघमारा पर्यटकको रोजाइमा पर्ने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका सचिव रामशरण सिलवालले बताए। 'नजिकबाट गैँडा हेर्न पाइने भएकाले सौराहा आउने पर्यटक हात्ती सफारी गर्न मन पराउँछन्, बाघमारामा सफारी गर्दा अधिकांशले गैँडालगायत वन्यजन्तु देखेरै फर्किन्छन्, त्यसैले आकर्षण छ,' पर्यटन व्यवसायीसमेत रहेका सिलवालले बताए।

यहाँ वन्यजन्तुका लागि उचित वातावरण छ। ठाउँठाउँमा इनार खनेर पानी निकाली ताल बनाइएको छ। आहाल खेल्ने स्थान पर्याप्त छ। बर्सेनी घाँसेमैदान व्यवस्थापन गरेर वन्यजन्तुका लागि उचित वातावरण दिने प्रयास गरिएको वनका अध्यक्ष जीतु तामाङले बताए। बाघमारामा देशविदेशका आगन्तुक हात्ती सफारी गरेर वन्यजन्तु अवलोकनमा रमाउँछन्। पैदलै घुमेर र डुङ्गा सफारी गरेर वन्यजन्तुका गतिविधि नियाँल्न पाउनु यहाँको अर्को आकर्षण हो।

प्रभावकारी संरक्षणका कारण विश्वकै दुर्लभ वन्यजन्तुको राम्रो बासस्थानको विकास भएको छ। बाघमारा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, चित्तल, भालु, गोही, चराचुरुङीका विभिन्न प्रजातिको क्रिडास्थल बन्न पुगेको छ। रात बिताउन मचान बनाइएकाले त्यहाँ बसेर पर्यटकले जङ्गल र वन्यजन्तुका गतिविधि हेर्दै मजा लिन्छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष, स्थानीय समुदाय, पर्यटन व्यवसायी, चितवन राष्ट्रिय निकुञ्जको दशकौँको प्रयासले वन यहाँसम्म आइपुगेको हो। ताल–तलैया निर्माण, घाँसेमैदान व्यवस्थापन, वृक्षरोपण, तारबारलगायत कार्यक्रमले दशकअघिको सुक्खा क्षेत्र अहिले हरियाली बनेको हो। रूखबिरुवा हुर्कंदै जाँदा सुन्दरताले भरिएको छ। 

Ncell 2
Ncell 2

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले समग्र मुलुकको आर्थिक क्षेत्र प्रभावित हुँदा पर्यटन क्षेत्र पनि जोगिएन। यद्यपि गएको दशैँबाट भने चहलपहल शुरु भएको सहकारीका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए। 'हालसालै मात्र एकै दिन ३९ हात्ती सफारी भएको थियो, तिहारका बेला २६ सम्म गयो, बिस्तारै सफारी पर्यटनले गति लिन थालेको छ,' उनले स्मरण गरे।

मध्यवर्ती र जैविक मार्गमा पर्ने कुमरोज, विसहजारी ताल क्षेत्र र निकुञ्जमा जीप सफारी पनि चल्छ। चरा अवलोकन, पैदल जङ्गल सफारी पनि हुन्छ। उक्त हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले भने, 'चितवन सफारी पर्यटनका लागि विश्वमै प्रख्यात भएकाले यहाँ घुम्न पर्यटक लालायित हुने गरेका छन्।' 

यहाँका मध्यवर्ती क्षेत्रमा हात्तीसँगै डुङ्गा र जीप सफारी पनि चल्छ। हात्ती सफारीमा केही क्षेत्रबाट विरोध भइरहे पनि अझै पर्यटकको आकर्षण भने कम देखिँदैन। यद्यपि बाघमारामा मानवीय चाप भने बढी छ। व्यवसायीका अनुसार कोरोनाले हाललाई पर्यटकीय गतिविधि सञ्चालनमा समस्या पारिरहेको छ। आवश्यक सुरक्षा मापदण्ड अपनाइएकाले ढुक्कले घुम्न सक्ने क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष राममणि खनालले बताए। उनका अनुसार, सौराहामा घुम्ने, जङ्गल सफारी गरेर फर्कने पर्यटक बढी आइरहेका छन्। अब आवासीय पर्यटकको पर्खाइमा छन्, व्यवसायीहरु।

सौराहामा १०० भन्दा बढी सुविधायुक्त होटेल तथा रेष्टुरेन्ट भएकाले पनि वन्यजन्तु अवलोकनपछि अन्य पर्यटकीय गतिविधिको मजा लिन सहज छ। राप्ती किनारबाट देखिने साँझको सूर्यास्त, थारू संस्कृति, रहनसहन तथा वेशभूषाले पनि पर्यटकलाई लोभ्याउँछ। थारू नाचमा पर्यटन रम्न पाउँछन्।

यसरी सुरु भएको थियो पर्यापर्यटन
विसं २०५३ मा ‘बाघमारा मध्यवर्ती सामुदायिक वन’ घोषित भएको थियो। सोही बेला नै सामुदायिक वनमा पर्यटनको मार्ग खुला गरेको हो। शुरुशुरुमा वन हेरालुलाई तलब दिन नसकेकामा परिस्थिति फेरिएर त्यही वनको करोडौँको आम्दानीले पर्यापर्यटन विकास, आयआर्जन, संरक्षण र अन्य भौतिक निर्माणमा सहयोग हुँदै आएको छ।  

पर्यापर्यटन विकासबाट हुने आम्दानी नै बाघमारा सामुदायिक वनको मुख्य आम्दानीको स्रोत हो। भूमाफियाको चलखेल, काठ कटानी र फँडानीले तीन दशकअघि उजाड थियो, बाघमारा वन क्षेत्र। वन्यजन्तुहरु खेल्ने ठाउँ थिएन। नजिकै चितवन निकुञ्ज हरियाली हुँदा बाघमाराले आफ्नो सुन्दरता गुमाएको थियो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो वन निकुञ्ज तथा बरण्डाभार जैविकमार्गको वनसँग जोडिएको छ। राप्ती नदीले दक्षिणबाट र बूढी राप्ती नदी र खगेरी खोलाले उत्तर र पश्चिमबाट घेरिएको छ। 

यहाँ विसं २०१५ देखि नै संरक्षणको प्रयास गरिएको थियो। विसं २०२२ मा यस क्षेत्रलाई महेन्द्र मृगकुञ्जभित्र रेखाङ्कन गरेको पाइन्छ। विसं २०२६ सालमा नापी आएका बखत वन क्षेत्र भनी कायम गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अभिलेखमा उल्लेख छ। २०४० सालतिर स्थानीय जनताको सक्रियतामा वन उपभोक्ता समूह गठन गरी सामुदायिक वनका रुपमा विकास गर्ने कार्य भएको थियो। २०४२ सालतिर भूमाफियाले आफ्नो नाममा कयौँ जग्गा दर्ता गराएका थिए। त्यो बेला मुद्दा पनि परेको थियो। विसं २०४६ मा विश्वनाथ पौडेलको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता समिति गठन भएपछि वनको संरक्षणको कोशेढुङ्गा साबित बन्यो।

त्यति बेला कोषले वृक्षरोपण, तारबार, घाँस पालन, तटबन्दलगायत कार्यक्रमका लागि सहयोग गरेको हालै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुखबाट निवृत्त हुनुभएका रामकुमार अर्यालले जानकारी दिनुभयो। विगतमा तत्कालीन राणा परिवार शिकार खेल्न आउँदा बाघ मारेर छाला सुकाउने गरेको हुँदा यसलाई बाघमारा भन्ने गरिएको एकथरीको भनाइ छ भने अर्काथरीले दुईवटा बाघ एकापसमा जुधेर मरेका कारणले त्यस बेलादेखि बाघमारा भन्न थालिएको भन्ने सुन्न पाइन्छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:१५
  • #गैँडा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्