काठमाडौं- युइएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति आठ खेल हुँदै छन्। समूह चरणको चौथो चरणका खेलहरुमा दुई खेल राति ११ः४० मा हुँदै छन् भने ६ खेल राति १ः४५ मा हुनेछ।
राति ११ः४० मा रेनेस र चेल्सी साथै क्रास्नोडर र सेभिया खेल्दै छन्। १ः४५ मा हुने खेलमा म्यानचेस्टर युनाइटेड र स्तानबुल बासाकेसिर, डायनामो किभ र बार्सिलोना, पिएसजी र लाइपजिग, लाजियो र जेन्ट, बोरुसिया डोर्टमुन्ड र क्लब ब्रग साथै युभेन्टस र फेरेन्सबारोस खेल्दैछन्।
चेल्सी र सेभिया अन्तिम १६ मा पुग्नै लागेका देखिन्छन्, युभेन्टसमा अल्भारो मोराटा उत्कृष्ट लय बनाइरहेका छन्, लियोनल मेस्सी र फ्रान्की डि योङ बिनाको बार्सिलोनाको परीक्षा हुनेछ। यिनै विषय मंगलबारको खेलमा हेर्नलायक देखिन्छ।
चेल्सी र सेभिया यो सिजन च्याम्पियन्स लिग अन्तिम १६ मा पुग्न सहज अवस्थामा छन्। समान तीन खेल सकिँदा दुवै टिमको समान सात अंक रहेको छ। यसैले दुवै टिमले मंगलबारको खेल जितेमा समूह चरणको अन्तिम खेल समूह विजेताको लडाइँ हुनेछ।
मंगलबार कप्तान लियोनल मेस्सी र फ्रान्की डि योङ बिनाको बार्सिलोना टिमले के गर्नेछ भन्ने प्रतीक्षाको विषय बनेको छ। डिफेन्स लाइनका खेलाडी घाइते भएर समस्या रहेको रहेको बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सी र डि योङलाई आराम दिएका हुन्। यसअघि नै तीन खेलमा ९ अंक बनाइसकेको बार्सिलोना अघि बढ्न सहज अवस्थामा देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।